मुस्ताङमा बढ्यो चुनावी सरगर्मी | Khabarhub Khabarhub

मुस्ताङमा बढ्यो चुनावी सरगर्मी


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी– हिमालपारीको जिल्ला मुस्ताङमा यतिखेर चुनावी सरगर्मी बढेको छ । मङ्सिर ४ को निर्वाचनलाई आफ्नो पक्षमा पार्न यतिखेर राजनीतिक दल र उम्मेदवारको सक्रियता बढेको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभा (क)(ख) समेतमा गरी आसन्न निर्वाचनमा नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट कांग्रेसका योगेश गौचन थकाली, नेकपा (एमाले) तर्फबाट प्रेमप्रसाद तुलाचन, स्वतन्त्र पार्टी नेपालका सुरेश गुरुङ र राप्रपाका प्रविण शेरचन प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका छन् । मुस्ताङमा दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाले मनोनयपत्र दर्ता गराएकामा चार जनाले उम्मेदवारी फिर्ता गरेका थिए । 

प्रदेशतर्फ एमालेबाट क्षेत्र इन्द्रधारा विष्ट र चन्द्रमोहन गौचन, सत्ता गठबन्धनबाट विकल शेरचन र नाम्डु गुरुङ, राप्रपाबाट जेम्स हिराचन र राप्रपा नेपालबाट कर्मा डोल्कर गुरुङ उम्मेदवार छन् । त्यस्तै प्रतिनिधिसभामा स्वतन्त्रबाट डा सुरेन्द्र शेरचन र सुरज लालचन र मानबहादुर विकको उम्मेदवारी परेकोमा सबैले फिर्ता लिएका छन् । प्रदेश सभातर्फ उम्मेदवारी दिएका जेमी हिराचनको पनि उम्मेदवारी फिर्ता भएको छ । प्रदेशतर्फ भने कुनै पनि स्वतन्त्र उम्मेदवारी परेको छैन ।

चुनावी गतिविधि बढ्दै गर्दा पर्यटकीयस्थल मुस्ताङमा यतिखेर उम्मेदवार यहाँको पर्यटकीय विकाससँगै सडक, खानेपानीलगायतका पूर्वाधारको व्यवस्थापन गर्ने प्रतिवद्धतासहित घरदैलोमा पुगेका छन् । पर्यटकीय मौसम भएका कारण यता उम्मेदवारलाई मतदाता भेट्न भ्याइनभ्याइ छ भने आन्तरिक तथा बाह्य पर्यटकको आगमनले यहाँको चहलपहल बढाएको छ । 

लामो समय कोरोना कहरका कारण थलिएको यहाँको पर्यटन विस्तारै फस्टाउँदै छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोम चेकपोष्टको तथ्याङ्कले चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा मुस्ताङमा सडकमार्ग र हवाईमार्ग हुँदै नौ हजार बढी विदेशी पर्यटक भित्रिएको देखाउँछ । जसमध्ये लगभग ७५ प्रतिशत पर्यटक सार्क मुलुकका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १० हजार चार सय ८५ मतदाता रहेको यस जिल्लामा सात हजार पाँच सय ५७ मत खसेको थियो । अध्यक्ष पदमा एमालेले चार हजार एक सय २६ मत पाएको थियो भने कांग्रेससहितको गठबन्धनले तीन हजार ९१ मत पाएको थियो । 

अध्यक्ष पदमा कांग्रेससहितको गठबन्धनभन्दा एमालेले पाएको मत एक हजार ३५ ले बढी छ भने उपाध्यक्ष पदमा कांग्रेससहितको गठबन्धनले तीन हजार दुई सय ३६ मत पाएको थियो भने एमालेले तीन हजार सात सय २० मत पाएको थियो ।

जिल्लाको पाँचै तहको उपाध्यक्षको मतभार तुलना गर्दा कांग्रेसभन्दा एमालेको मत चार सय ८४ ले बढी छ । पाँचवटै तहमा एमालेले दुई हजार दुई सय ५४ मत ल्यायो भने कांग्रेसले दुई हजार ७० मत पायो । वडाध्यक्षमा एमाले एक सय ८४ मतले बढी पाएको छ । जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार करिब पाँच सय बढी मतदाता नयाँ थपिएका छन् ।

प्रादेशिक निर्वाचनअन्तर्गत प्रदेश (ख) को तल्लो मुस्ताङमा थासाङ, घरपझोङबारागुङ मुक्तिक्षेत्र गाउँपालिका छन् । यहाँ गएको स्थानीय तह निर्वाचनमा एमालले अध्यक्ष दुई र उपाध्यक्ष एक पद जितेको थियो भने कांग्रेसले एक अध्यक्ष र दुई उपाध्यक्ष जितेको थियो । यी तीन पालिकामा एमालेले अध्यक्ष पदमा दुई हजार सात सय ६९ मत र कांग्रेसले दुई हजार तीन सय ९२ मत पाएको थियो । 

त्यस्तै उपाध्यक्षमा एमालेले दुई हजार चार सय ४७ मत र कांग्रेसले दुई हजार चार सय ८२ मत पाएको थियो । प्रदेश (ख) मा एमालेले अध्यक्ष पदमा कांग्रेसभन्दा तीन सय ७७ मत बढी पाएको थियो । मुस्ताङको प्रदेश (क) मा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका पर्दछन् । यस प्रदेशमा एमालेले अध्यक्ष पदमा एक हजार तीन सय ५७ मत पाउँदा कांग्रेससहितको गठबन्धनले छ सय ९९ मत पाएको थियो । 

उपाध्यक्षमा एमालेले एक हजार दुई सय ७३ मत र गठबन्धनले सात सय ५४ मत पाएको थियो । यस्तै वडाध्यक्ष मतभारमा एमालेले नौ सय पाँच मत र कांग्रेस गठबन्धनले छ सय ७१ मत पाएको थियो ।

स्थानीय तहको मतपरिणामअनुसार प्रदेश (क) मा एमालेले गठबन्धनभन्दा ६५८ मत बढी पाएको थियो । उपाध्यक्ष पदमा एमालेले गठबन्धनभन्दा पाँच सय १९ मत बढी पाएको थियो भने वडाध्यक्षतर्फ एमालेले दुई स ३४ मत बढी पाएको छ ।

गण्डकी प्रदेशको लाइफ लाइन बेनी, जोमसोम, कोरोला खण्डलाई कालोपत्रसँगै कोरोला नाकामा नेपालतर्फ भन्सारलगायतका पूर्वाधार तयार गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको नेकपा एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमप्रसाद तुलाचनले बताए । मुस्ताङदेखि डोल्पा जाने बाटोको पूर्णताका साथै यथासम्भव दामोदरकुण्ड जाने मोटरेवल बाटो, कालीगण्डकी र यसका शाखा मोटरेवल पुल निर्माण प्राथमिकतामा रहने तुलाचनले बताए ।

मुस्ताङको पर्यटकीय विकाससँगै सडक पूर्वाधार, कृषिको आधुनिकीकरणको मुद्दासहित आफू चुनावी अभियानमा जुटेको गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश गौचन थकालीले बताए । जनतालाई शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताको प्रत्याभूति गराउँदै पिछडिएका वर्ग र समुदायको उत्थान पनि आफ्नो प्राथमिकतामा रहेको थकालीको भनाइ छ ।

-रासस

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ३ : ०७ बजे

भारतको मुम्बईमा होर्डिङ बोर्डले थिच्दा १४ जनाको मृत्यु, ७४ घाइते

काठमाडौं– भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको

बिहारका पूर्व उपमुख्यमन्त्री मोदीको निधन

काठमाडौं – भारतको बिहार राज्यका पूर्व उपमुख्यमन्त्री एवम् भारतीय जनता

एनसेलले २० अर्ब बुझाएर अनुमतिपत्र नवीकरण गर्नुपर्ने

काठमाडौं– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले यही जेठ १५ गतेभित्र 

क्रिकेटर लामिछानेको मुद्दाको पेसी आज

काठमाडौं– बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको

कश्मिरको लागि ६ दशमलव ८ करोड डलरको राहत घोषणा

पाकिस्तान – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तान प्रशासित कश्मीरको लागि