धनुषामा टेम्पो पल्टिँदा चालकको मृत्यु | Khabarhub Khabarhub

धनुषामा टेम्पो पल्टिँदा चालकको मृत्यु


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनुषाको सबैला नगरपालिका–९ भठियनमा आज टेम्पो अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।

भठियनबाट दुई जना विद्यार्थीहरू बोकी खरियानी तर्फ जाँदै गरेको ज १ ह ३० ७३ नम्बरको टेम्पो आज बिहान ११ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा टेम्पो चालक सबैला नगरपालिका–१० खरियानीका ४४ वर्षीय रामसेवक पण्डित, अटोमा सवार धनुषाकै शहिदनगर नगरपालिका–१ का सन्तोष यादवकी ५ वर्षिया छोरी अंशु कुमारी यादव र सोही नगरपालिका–१ का दिलिप यादवका ९ बर्षिय छोरा कृष्णा यादव घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने क्रममा चालक पण्डितको बाटोमा नै मृत्यु भएको हो । घाइते २ जना बालबालिकाको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ६ : ३९ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन