धनुषामा टेम्पो पल्टिँदा चालकको मृत्यु « Khabarhub

धनुषामा टेम्पो पल्टिँदा चालकको मृत्यु


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनुषाको सबैला नगरपालिका–९ भठियनमा आज टेम्पो अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।

भठियनबाट दुई जना विद्यार्थीहरू बोकी खरियानी तर्फ जाँदै गरेको ज १ ह ३० ७३ नम्बरको टेम्पो आज बिहान ११ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा टेम्पो चालक सबैला नगरपालिका–१० खरियानीका ४४ वर्षीय रामसेवक पण्डित, अटोमा सवार धनुषाकै शहिदनगर नगरपालिका–१ का सन्तोष यादवकी ५ वर्षिया छोरी अंशु कुमारी यादव र सोही नगरपालिका–१ का दिलिप यादवका ९ बर्षिय छोरा कृष्णा यादव घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने क्रममा चालक पण्डितको बाटोमा नै मृत्यु भएको हो । घाइते २ जना बालबालिकाको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ६ : ३९ बजे

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता