विप्लव समूहले निर्वाचन बिथोल्ने आशंका « Khabarhub

विप्लव समूहले निर्वाचन बिथोल्ने आशंका


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विप्लव नेतृत्वको नेकपा चुनौती बन्न सक्ने बताउँदै यस विषयमा सुरक्षा निकायसँग गम्भीर छलफल गरेको जानकारी दिए ।

‘निर्वाचनको सम्बन्धमा आमसहमति बन्ला जस्तो लागेको थियो । तर त्यसो नभएपछि सुरक्षा निकायसँग गम्भीर छलफल गरेका छौं । सुरक्षा रणनीति परिमार्जन गरेका छौं,’ उनले भने, ‘यातायातमा आवश्यक निर्णय गर्छौ । नियमित र अनुशासित रूपमा चलाउने अन्तर्राष्ट्रिय अभ्यास छ । गृह र यातायात मन्त्रालयको सुझाव चलाउन हुँदैन भन्ने छ। व्यवस्थित रूपमा  केही साधन चल्नेगरि आयोगले लजिकल निर्णय गर्छ ।’ 

सुरक्षा निकायले पनि विप्लव समूह निर्वाचनमा चुनौती बन्न सक्ने विश्लेषण गरेको छ । दुई वर्षअघि शान्तिपूर्ण राजनीतिमा आएको नेकपा अहिले सडकमा पुगेको छ । उसले घोषित रूपमै निर्वाचनमा अवरोध गर्ने बताइसकेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ४ : २९ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले