स्यालको टोकाइबाट नौ जना घाइते « Khabarhub

स्यालको टोकाइबाट नौ जना घाइते


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा स्यालको टोकाइबाट नौ जना घाइते भएका छन् । मुसीकोट नगरपालिकाको ४, ६, ७ र १० नम्बर वडाका गरी नौ जनालाई स्यालले टोकेको हो । 

घाइते हुनेमा वडा नम्बर ४ का ओमप्रकाश पाण्डे र एक्कीकुमारी बुढाथोकी, वडा नम्बर ६ का गेदलाल गिरी, रामबहादुर बोहरा, दीपा बोहरा, उर्मिला बोहरा र पत्रबहादुर महतारा र सविता गौतम तथा मुसिकोट-१० का भूपेन्द्र बुढा छन् ।

घाइतेमध्ये एक्कीकुमारीलाई स्यालले सोमबार साँझ टोकेको हो भने अन्यलाई मङ्गलबार साँझ टोकेको मुसिकोट-६ का हिमबहादुर महताराले बताए। स्यालले मान्छेलाई टोक्दै हिँडेको उनको भनाइ छ । ट्याखोला, माथिल्लो घाइडाँडा, झिँजालगायत ठाउँमा स्यालको बिगबिगी बढेको छ । स्यालले घरमै बसेका तथा बाटोमा हिंड्नेलाई समेत टोकिरहेको छ ।

घाइतेमध्ये एक्कीकुमारीलाई उपचारका लागि सुर्खेत ल्याइएको छ भने अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरूलाई रेबिजविरुद्धको खोप दिएको छ । उक्त स्याललाई नियन्त्रणमा लिन सकिएको छैन ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ४ : ३५ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७