‘पूर्वाधार विकासमा बुटवलले असाधारण फड्काे मार्छ’ « Khabarhub

‘पूर्वाधार विकासमा बुटवलले असाधारण फड्काे मार्छ’


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बुटवल– पूर्वअर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्काे मार्ने दाबी गरेका छन् । सुरु गरिएका ठूला विकासका आयोजना सम्पन्न भएपछि यहाँको विकास मुलुककै लागि नमुना देखिने उनको दाबी छ । ठूला पूर्वाधार निर्माणका कामलाई कसैले पनि राजनीतिक रङ नदिएर सम्पन्न गर्दा यहाँका बासिन्दाको जीवनस्तरमा उल्लेख्य सुधार हुने उनले दाबी गरे ।

बुटवल-११ प्रगतिनगरमा बुधबार मतदाताहरूसँग अन्तरक्रिया गर्दै पौडेलले तिनाउ-दानव करिडोर निर्माण भएपछि बुटवल नमुना सहरको रूपमा विकास हुने दाबी गरे । करिडोर निर्माणको नाममा यहाँका कुनै पनि बासिन्दालाई विचलित नपारिने उनले स्पष्ट पारे । नदी नियन्त्रण गरी व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यले करिडोर निर्माणको काम अघि बढाइएको बताउँदै उनले कोरिडोर क्षेत्रमा पर्ने घरपरिवारलाई समेत व्यवस्थित र सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए । 

एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री लीला गिरीले एमाले सरकारमा सुरु गरिएका पूर्वाधार निर्माण र विकासका कामलाई पूर्णता दिन ४ मङ्सिरमा जनताले सूर्यमा मतदान गर्न आग्रह गरे । जनताको समस्या बुझ्न र विकासका लागि एमालेको नेतृत्व अनिवार्य रहेको बताउँदै उनले आगामी मङ्सिरमा जनताले एमालेकै पक्षमा फैसला गर्ने दाबी गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ५ : ०० बजे

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन