एमाले-जसपा गठबन्धनका उम्मेदवार घरदैलोमा व्यस्त « Khabarhub

एमाले-जसपा गठबन्धनका उम्मेदवार घरदैलोमा व्यस्त


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बारा- बारा १ मा प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार अच्युत मैनाली र (ख) का जसपा उम्मेदवार सरोज यादवले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । बुधवार दुवैजना सिम्रौनगढ नगरपालिकामा मतदातासमक्ष पुगेका थिए ।

उम्मेदवार मैनाली र यादवले सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ६ र ७ को जानकीनगर झमानी, कवलपुर, पर्सा, सतुवाही, अम्मरपुर, सल्यमपुर र सिम्रौनगढ बजारमा मतदाता भेटघाट गरेका थिए । उम्मेदवार मैनालीले आफू निर्वाचित बनेपछि क्षेत्रको विकासमा नमुना काम गरेर देखाउने दाबी गरे । उनले अघिल्लो कार्यकालको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले क्षेत्रको विकासमा कुनै पनि काम नगरेको आरोप लगाए । ‘सिम्रौनगढ क्षेत्रलाई १७ वर्षसम्म विकासमा पछि पारियो,’ मैनालीले भने, ‘अब हामी निर्वाचित बनेपछि उनीहरू नै लज्जित हुने गरी काम गर्नेछौं ।’

निर्वाचनमा एमाले र जसपाबीच तालमेल भएको छ । प्रदेश (क) भन्दा तुलनात्मक रूपमा केही कमजोर मानिएको एमाले जसपासँगको चुनावी तालमेलपछि बलियो देखिएको छ । यो क्षेत्रमा सिम्रौनगढ नगरपालिका र आदर्शकोतवाल गाउँपालिका पर्छन् । दुबै पालिका जसपाका उम्मेदवार यादवको प्रभाव क्षेत्र मानिन्छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उमाकान्त चौधरीसँग करिब पाँच हजार मतले पराजित एमाले उम्मेदवार मैनालीले जसपासँगको तालमेलपछि आफूले चुनाव जित्ने दाबी गरे । तीनपटकसम्म चुनाव जितेर संघीय सरकारको पटकपटक मन्त्रीसमेत बनेका चौधरीले क्षेत्रको विकासमा खासै काम गर्न नसकेको मतदाताले गुनासो गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ५ : ०९ बजे

संवैधानिक परिषद् बैठक बस्दै, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल हुने

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री

सरकारप्रति हर्कको टिप्पणी- जनताले महशुस गर्नेगरी काम गर्न सकेन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले जनताले

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

एजेन्सी– पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २०

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा

पाल्पाबाट दालचिनी भारत निर्यात

तानसेन– चालु आर्थिक वर्षमा छ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत