निर्वाचनको सुरक्षार्थ लमजुङमा ७ प्लाटुन सेना परिचालन « Khabarhub

निर्वाचनको सुरक्षार्थ लमजुङमा ७ प्लाटुन सेना परिचालन


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंसिर ४ गते हुने निर्वाचनको सुरक्षार्थ लमजुङका ग्रामीण भेगमा सेना खटाइएको छ । अघिल्ला निर्वाचनमा ४ ठाउँमा सेनाको क्याम्प रहेकोमा यसपटक ७ ठाउँमा क्याम्प रहने सेनाले जनाएको छ । सेनाको उदीपुरस्थित चण्डीप्रसाद गणका अनुसार ७ ठाउँमा प्लाटुन खटिसकेको छ ।

बेंसीसहरको श्रीस्वाँरा, सुन्दरबजारको कुन्छा, मध्यनेपालको भोर्लेटार, राइनासको तीनपिप्ले तथा क्व्होलासोंथरको मालिङ र दोर्दीको नौथर शेरामा सेना खटाइसकिएको गणका प्रमुख सेनानी मनोज कार्कीले बताए । दूधपोखरीको बिचौरमा पनि प्लाटुन राखिने उनले जनाए ।

सुन्दरबजार, बेंसीसहर, दोर्दी र मर्स्याङ्दीमा विशेष गरी ठूला जलविद्युत् आयोजना भएकाले सुरक्षार्थ सेना तैनाथ हुँदै आएका थिए । एउटा प्लाटुनमा ३०–३५ जनासम्म सैनिक रहन्छन् ।

जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले पनि निर्वाचन सुरक्षार्थ सेना खटाइएको बताए  । उनले सशस्त्र प्रहरी पनि खटाउने तयारी भइरहेको बताए । उनका अनुसार निर्वाचन सुरक्षार्थ जिल्लामा रहेका सशस्त्र प्रहरी नपुग्ने भएपछि डेढ सय संख्यामा प्रहरी बाहिरी जिल्लाबाट व्यवस्थापन गरिँदै छ । अन्तिममा नेपाल प्रहरी र म्यादी प्रहरी प्रत्येक निर्वाचन स्थलर केन्द्रमा खटिनेछन् ।

निर्वाचन सुरक्षार्थ लमजुङमा २ हजार ३ सय ७६ सुरक्षाकर्मी खटिनेछन् । सबैभन्दा बढी म्यादी प्रहरी १ हजार ९७ जना, नेपाल प्रहरी ६ सय १२ जना, सशस्त्र १ सय ९७ जना, सैनिक ४ सय ६० जना र राष्ट्रिय अनुसन्धानका १० जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ४९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको