निर्वाचनको सुरक्षार्थ लमजुङमा ७ प्लाटुन सेना परिचालन « Khabarhub

निर्वाचनको सुरक्षार्थ लमजुङमा ७ प्लाटुन सेना परिचालन


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंसिर ४ गते हुने निर्वाचनको सुरक्षार्थ लमजुङका ग्रामीण भेगमा सेना खटाइएको छ । अघिल्ला निर्वाचनमा ४ ठाउँमा सेनाको क्याम्प रहेकोमा यसपटक ७ ठाउँमा क्याम्प रहने सेनाले जनाएको छ । सेनाको उदीपुरस्थित चण्डीप्रसाद गणका अनुसार ७ ठाउँमा प्लाटुन खटिसकेको छ ।

बेंसीसहरको श्रीस्वाँरा, सुन्दरबजारको कुन्छा, मध्यनेपालको भोर्लेटार, राइनासको तीनपिप्ले तथा क्व्होलासोंथरको मालिङ र दोर्दीको नौथर शेरामा सेना खटाइसकिएको गणका प्रमुख सेनानी मनोज कार्कीले बताए । दूधपोखरीको बिचौरमा पनि प्लाटुन राखिने उनले जनाए ।

सुन्दरबजार, बेंसीसहर, दोर्दी र मर्स्याङ्दीमा विशेष गरी ठूला जलविद्युत् आयोजना भएकाले सुरक्षार्थ सेना तैनाथ हुँदै आएका थिए । एउटा प्लाटुनमा ३०–३५ जनासम्म सैनिक रहन्छन् ।

जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले पनि निर्वाचन सुरक्षार्थ सेना खटाइएको बताए  । उनले सशस्त्र प्रहरी पनि खटाउने तयारी भइरहेको बताए । उनका अनुसार निर्वाचन सुरक्षार्थ जिल्लामा रहेका सशस्त्र प्रहरी नपुग्ने भएपछि डेढ सय संख्यामा प्रहरी बाहिरी जिल्लाबाट व्यवस्थापन गरिँदै छ । अन्तिममा नेपाल प्रहरी र म्यादी प्रहरी प्रत्येक निर्वाचन स्थलर केन्द्रमा खटिनेछन् ।

निर्वाचन सुरक्षार्थ लमजुङमा २ हजार ३ सय ७६ सुरक्षाकर्मी खटिनेछन् । सबैभन्दा बढी म्यादी प्रहरी १ हजार ९७ जना, नेपाल प्रहरी ६ सय १२ जना, सशस्त्र १ सय ९७ जना, सैनिक ४ सय ६० जना र राष्ट्रिय अनुसन्धानका १० जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ४९ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले