टि २० विश्वकप क्रिकेटमा भारतद्वारा बंगलादेश पराजित « Khabarhub

टि २० विश्वकप क्रिकेटमा भारतद्वारा बंगलादेश पराजित


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टि २० विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई पराजित गरेको छ । अष्ट्रेलियामा जारी विश्वकपमा भारतले बंगलादेशलाई डकवर्थ लेविस मेथडअनुसार ५ रनले पराजित गरेको हो । एडिलेड ओभलमा भएको खेलमा टस जितेर बंगलादेशले पहिले फिल्डिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले सर्वाधिक ६४ रन बनाए भने केएल राहुलले ५० रन जोडे । खेलमा बंगलादेशका हसन महमुदले ३ तथा शकिब अल हसनले २ विकेट लिए ।

१८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको बंगलादेशको इनिङ वर्षाका कारण प्रभावित भएको थियो । सातौँ ओभरमा बंगलादेश कुनै विकेट नगुमाई ६६ रन बनाएर खेलिरहेका बेला वर्षा बाधक बन्न पुगेको थियो । वर्षाले केही समय खेल प्रभावित बनाएपछि डकवर्थ लेविस मेथडअनुसार बंगलादेशलाई १६ ओभरमा १५१ रनको लक्ष्य दिइएको थियो ।

तर बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर केबल १४५ रनमात्र बनाउन सक्यो । बंगलादेशका लिटन दासले सर्वाधिक ६० रन बनाए भने नुरुल हसनले २५ रन जोडे । भारतका हार्दिक पाण्ड्या र अर्शदीप सिंहले समान २ विकेट लिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ०७ बजे

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा