टि २० विश्वकप क्रिकेटमा भारतद्वारा बंगलादेश पराजित « Khabarhub

टि २० विश्वकप क्रिकेटमा भारतद्वारा बंगलादेश पराजित


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टि २० विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई पराजित गरेको छ । अष्ट्रेलियामा जारी विश्वकपमा भारतले बंगलादेशलाई डकवर्थ लेविस मेथडअनुसार ५ रनले पराजित गरेको हो । एडिलेड ओभलमा भएको खेलमा टस जितेर बंगलादेशले पहिले फिल्डिङ रोजेको थियो ।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले सर्वाधिक ६४ रन बनाए भने केएल राहुलले ५० रन जोडे । खेलमा बंगलादेशका हसन महमुदले ३ तथा शकिब अल हसनले २ विकेट लिए ।

१८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको बंगलादेशको इनिङ वर्षाका कारण प्रभावित भएको थियो । सातौँ ओभरमा बंगलादेश कुनै विकेट नगुमाई ६६ रन बनाएर खेलिरहेका बेला वर्षा बाधक बन्न पुगेको थियो । वर्षाले केही समय खेल प्रभावित बनाएपछि डकवर्थ लेविस मेथडअनुसार बंगलादेशलाई १६ ओभरमा १५१ रनको लक्ष्य दिइएको थियो ।

तर बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर केबल १४५ रनमात्र बनाउन सक्यो । बंगलादेशका लिटन दासले सर्वाधिक ६० रन बनाए भने नुरुल हसनले २५ रन जोडे । भारतका हार्दिक पाण्ड्या र अर्शदीप सिंहले समान २ विकेट लिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : ०७ बजे

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक