केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै « Khabarhub

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको छ ।

अब उनलाई अपरेशन थिएटर (ओटी) बाट वार्डबाट आइसियुमा सार्ने तयारी भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्याराले बताए ।

उपचारमा संलग्न चिकित्सकले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । आज बिहान पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको थियो । ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको थियो । चैत १४ पूर्वप्रधानमन्त्री ओलीलाई गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो ।

स्वास्थ्य अवस्थाको कारण देखाउँदै ओली सोही दिन बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो। २४ गते थुनामुक्त भए पनि शल्यक्रिया गर्नु पर्ने भएकोले उनलाई अस्पतालमै राखिएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १२ : २० बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित