सडक चौडा पार्न धनगढीमा डोजर चल्यो « Khabarhub

सडक चौडा पार्न धनगढीमा डोजर चल्यो


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रको सडक चौडा पार्न सडकको क्षेत्रभित्र पर्ने संरचना हटाउन थालेको छ ।

बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सम्मको सडक छेउका संरचना हटाउन डोजर लगाएको हो ।

बुधबार मुख्य बजारस्थित सेती प्रादेशिक अस्पतालले निर्माण गरेका भवनमा उपमहानगरपालिकाले डोजर लगाएको हो । धनगढी उपमहानगरपाकिलाले हाल सञ्चालनमा रहेको सडकलाई ३० मिटर चौडा बनाउने भन्दै सो क्षेत्रमा पर्ने संरचना हटाउन घरधनीलाई पत्राचार गरेको थियो ।

तर हालसम्म पनि कसैले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना नहटाएपछि बुधबार डोजर प्रयोग गरी आफैँ सरचना हटाउन सुरु गरेको नगरप्रमुख गोपाल हमालले बताए ।

‘पहिलो चरणमा सरकारी कार्यालयका भवनमा डोजर लगाएका छौं,’ मेयर हमालले भने, ‘त्यसपछि नीजि भवनमा पनि डोजर प्रयोग गरिने छ ।’

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : १७ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान