सडक चौडा पार्न धनगढीमा डोजर चल्यो « Khabarhub

सडक चौडा पार्न धनगढीमा डोजर चल्यो


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रको सडक चौडा पार्न सडकको क्षेत्रभित्र पर्ने संरचना हटाउन थालेको छ ।

बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सम्मको सडक छेउका संरचना हटाउन डोजर लगाएको हो ।

बुधबार मुख्य बजारस्थित सेती प्रादेशिक अस्पतालले निर्माण गरेका भवनमा उपमहानगरपालिकाले डोजर लगाएको हो । धनगढी उपमहानगरपाकिलाले हाल सञ्चालनमा रहेको सडकलाई ३० मिटर चौडा बनाउने भन्दै सो क्षेत्रमा पर्ने संरचना हटाउन घरधनीलाई पत्राचार गरेको थियो ।

तर हालसम्म पनि कसैले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना नहटाएपछि बुधबार डोजर प्रयोग गरी आफैँ सरचना हटाउन सुरु गरेको नगरप्रमुख गोपाल हमालले बताए ।

‘पहिलो चरणमा सरकारी कार्यालयका भवनमा डोजर लगाएका छौं,’ मेयर हमालले भने, ‘त्यसपछि नीजि भवनमा पनि डोजर प्रयोग गरिने छ ।’

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : १७ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र