हिमालय एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट क्वालालम्पुर उडान भर्ने « Khabarhub

हिमालय एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट क्वालालम्पुर उडान भर्ने


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ ।

एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा मलेसियाको राजधानी क्वालालम्पुर नियमित चार्टर उडान गर्ने भएको हो । बिहीबारदेखि उडान सञ्चालन हुने अपेक्षा गरिएको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।

हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डिलिङ तथा गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डिलिङ अनुमति दिने नेपाल नागरिक उड्डयन प्राधिकरणले आश्वासन दिएबमोजिम गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय चार्टर उडान सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

प्रारम्भिक चरणका लागि एयरलाइन्सले भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा उडान भर्ने छ भने भविष्यमा गौतमबुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड ह्यान्डिलिङ अनुमति प्राप्त भए पछि अन्य क्षेत्रमा पनि उडान विस्तार गरिने एयरलाइन्सले योजना बनाएको छ ।

हिमालय एयरलाइन्सको प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले भैरहवाबाट नियमित उडान सञ्चालन गर्न निरन्तररुपमा लागि रहेको जानकारी दिए । उनले भने, “हिमालय एयरलाइन्सको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानले यात्रुको सुविधासँगै अन्तर्राष्ट्रिय गन्तव्यसँग नेपालका विभिन्न क्षेत्रको अझ राम्रो कनेक्टिभिटी हुनेछ, गौतमबुद्ध विमानस्थल देशकोे साझा राष्ट्रिय गौरव हो र यस विमानस्थलले धार्मिक पर्यटनको बढोत्तरीमा विशेष योगदान पु्‍र्‍याउने सम्भावना भएकाले यस दिशामा हामी सबैले हातेमालो गर्नुपर्दछ ।” उपाध्यक्ष श्रेष्ठले एयरलाइन्सले आफ्नो सञ्जालमा नयाँ थपिएको क्षेत्र भैरहवासँगै गुणस्तरीय नियमित उडान र ग्राउन्ड सर्भिस उपलब्ध गराउन पनि प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ९ : १३ बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना