सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढ्यो : एमाले सचिव विश्वकर्मा « Khabarhub

सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढ्यो : एमाले सचिव विश्वकर्मा


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढेको बताएका छन् । उनले सत्ता गठबन्धनका नेताहरु निजी स्वार्थमा लाग्दा राष्ट्रियता कमजोर बन्दै गएको आरोप समेत लगाए ।

रुपन्देही जिल्लाको देवदह–२, मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादीको संयुक्त प्रचार प्रसार कार्यालयको बुधबार उदघाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै रुपन्देही १ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका विश्वकर्माले राष्ट्रको अहितमा काम गरेकाले सत्ता गठबन्धनलाई परास्त गर्ने बेला आएको बताए ।

रुपन्देही १ का विभिन्न स्थानलाई जोड्ने गरी सडक सञ्जालका योजनाहरु अगाडि बढेको बताउँदै एमाले सचिव विश्वकर्माले एमालेको सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै एक पालिका : एक अस्पतालको अवधारणा अगाडि सारेको बताए ।

उनले आफूले क्षेत्र नम्बर १ को विकासको लागि विभिन्न योजनाहरु अगाडि सारे पनि सत्तागठबन्धनले बजेट होल्ड गर्दा विकास निर्माणका कामहरु हुन नसकेको बताए । उनले रोहिणी नदीलाई व्यवस्थित गर्नका लागि यसलाई राष्ट्रिय योजनाको रुपमा अगाडि सार्नेमा जोड दिए ।

सोही अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य तथा संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक डा. कृष्णप्रसाद न्यौपानेले स्वतन्त्र उम्मेदवार घनश्याम भुसालमा राजनीतिक संस्कार नभएको आरोप लगाए । उनले पार्टीको जिम्मेवारीलाई छोडेर स्वतन्त्र रुपमा निर्वाचन लड्नेहरुलाई जनताले सबक सिकाउने बताए ।

उनले रुपन्देही १ मा रहेका अधुरा योजना सम्पन्न गर्नको लागि एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ९ : ५५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको