पाकिस्तानका १६ प्रतिशत जनसङ्ख्या चरम खाद्य असुरक्षामा : एफएओ « Khabarhub

पाकिस्तानका १६ प्रतिशत जनसङ्ख्या चरम खाद्य असुरक्षामा : एफएओ


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको १६ प्रतिशत जनसङ्ख्या चरम खाद्य संकटको अवस्थामा रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओका उपप्रतिनिधि फारुख टोइरोभले पाकिस्तानको अवस्था इतिहासकै सबैभन्दा खराब रहेको बताएका हुन् ।

विश्वभर फैलिएको कोभिड महामारी र हालै पाकिस्तानमा आएको विनाशकारी बाढीले खाद्य संकटको अवस्थालाई अझ खराब बनाएको उनको भनाइ छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएअनुसार उपप्रतिनिधि टोइरोभले मुलुकको ४५ लाख एकड जमिनमा लगाइएको बाली नष्ट भएको समेत जानकारी दिएका छन् ।

उनले पाकिस्तान सरकार एवम् अन्तर्राष्ट्रिय साझेदारहरुलाई गरिबी निवारणका लागि समेत आह्वान गरेको डनले जनाएको छ ।

उच्च मूल्यवृद्धि, खडेरी, चौपायामा लाग्ने रोगजस्ता कारण पाकिस्तानमा खाद्य असुरक्षा बढेको बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ९ : २० बजे

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको