अनिन्द्रा र तनावले पनि टाउकोमा चाया पर्छ « Khabarhub

अनिन्द्रा र तनावले पनि टाउकोमा चाया पर्छ



जाडो मौसममा अधिकांश मानिसको टाउकोमा चायाको समस्या हुन्छ । बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दो अवस्था सिर्जना हुने, आत्मविश्वास कम हुने र आत्मबल कमजोर हुने जस्ता समस्याबाट चिन्तित हुनुपर्ने अवस्था पनि आउन सक्छ । टाउकोमा तेल रहँदा टाउकोको त्वचा चिल्लो हुन्छ, जसको कारणले कपालमा फोहोर जम्मा हुन्छ र यहीँ फोहोरले नै चायाको समस्या निम्त्याउँछ । जाडो बढेसँगै हाम्रो शरीरमा धेरै खालका समस्याले सताउँछन्, त्यसै मध्ये एउटा हो, टाउकोमा चाया पर्ने समस्या । यसै विषयमा केन्द्रित भएर छाला रोग विशेषज्ञ डा. सुदिप पराजुलीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

चिसो बढेसँगै टाउकोमा चाया पर्ने समस्यालाई हामीले कसरी बुझ्ने ?
चाया पर्ने समस्या भनेको सामान्य अवस्थामा हुन्छ । यसलाई हामीले अंग्रेजीमा (सेबोरिक डेरमाटाइटिस) भन्छौँ र सामान्य भाषामा हामीले यसलाई चाया भन्छौँ ।चाया बच्चादेखि बुढो हुँदासम्म नै पर्दछ र यो विशेष गरी युवामा, वृद्धामा र जन्मने बित्तिकैका साना बच्चामा हुन्छ । यो एउटा त वंशाणुगत कारणले हुन्छ र त्यसैले जेनेटिक गुण अनुसार कसैमा धेरै हुन्छ र कसैमा कम हुन्छ ।

यो समस्या कुनै मान्छेलाई बढी र कसैलाई कम किन हुन्छ ?
कुनै मान्छेमा व्याल्सहरु हुन्छ र त्यसले बढी चिल्लो आउँछ र कसैमा फंगल्लसको इन्फेक्सनले गर्दा चाया बढी हुन्छ ।
फंगल्लसको इन्फेक्सन अरूबाट सर्ने भन्दा पनि आफ्नै शरीरमा त्यो गुणले गर्दा आफै संख्या बढ्छ । कुनै मन्छेलाई एउटा इष्ट भन्ने फंगल्लस हुन्छ र त्यसले गर्दा शरीरले त्यसको विपरीत रियाक्सन देखाउँदा चाया आउने हुन्छ ।  चिसोमा हामीले बढी तनाव लिँदा आउँछ । ज्वरो आउँदा वा शरीरमा अन्य केही समस्या देखा परेको छ भने पनि चाया देखिन्छ ।

यो वंशाणुगत हुन्छ त ?
हो, यो गुणमा नै भर पर्दछ । एउटै आमाबाबुको बच्चामा पनि कुनैमा बढी हुन्छ त कुनैमा कम हुन्छ । किनभने कुनैमा कुन बढी भयो कुनैमा कम भयो । गुणले हाम्रो शरीरमा कुनै रोग बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

चिसो मौसममा यो समस्याले सताउँदा के के कुरामा ध्यान दिने ?
सबै भन्दा पहिला औषधि प्रयोग गरेर सबै चाया फाल्नु पर्ने हुन्छ । रोकथामको लागि त्यही औषधि छोटो समयको लागि प्रयोग गर्नुपर्ने हुन्छ । जस्तो: हाम्रो बानी के छ भने चायापर्यो, कपाल झर्छ भनेर नुहाउँदैनौँ सबै भन्दा राम्रो भनेको दैनिक रूपमा नुहाउनु पर्यो। औषधि भएको स्याम्पुहरू लगाएर नुहाउँदा कन्ट्रोल हुन्छ । कसै कसैलाई स्याम्पुले मात्र पुग्दैन खाने औषधि पनि चलाउनु पर्दछ । तर, छोटो समयको लागि त्यस्तो औषधि नखाँदा हुन्छ त्यसले पछि झन् बढाउने सम्भावना बढी हुन्छ ।

कस्तो स्याम्पुको प्रयोग गर्ने ?
चायाको लागि हामीले जहिले पनि (जिंक अक्साइड र जिंक स्याम्पु ) वा जिंक भएको स्याम्पुको प्रयोग गर्न सक्छौँ र औषधि खान परेमा डाक्टरको सल्लाह र सिफारिस अनुसार नै लिनु उपयुक्त हुन्छ ।

टाउकोमा चाया परेर समयमा ध्यान दिएन भने पछि कुनै असर गर्छ कि ?
धेरै चाया पर्यो भने टाउको बाहिरको छाला सुनिने प्रक्रियामा जान्छ र कपाल पातलिँदै जाने समस्या हुन्छ । युवा मान्छेलाई पनि अलि असर गर्दछ । अहिलेको जमानामा मान्छेहरू राम्रो भएर हिँड्न खोज्छन् र कपाल झर्दा मानिसको दैनिक जीवनमा नै असर पर्याउँछ । कपालमा चाया धेरै आउँदा हामी मेडिकल भाषामा (फोलिकुलाइटिस ) भन्छौँ त्यो भनेको कपालको जरा सुनिएर पिप आउँछ । त्यो चायाले गर्दा अनुहारमा रातो बिमिराहरू आउने, जिउमा पनि बिमिरा आउने हुन्छ र त्यसलाई नियन्त्रण गर्नुपर्छ ।

चाया पर्न नदिन पहिला नै केके कुरामा ध्यान दिने ?
पहिला सुरुमा आफूमा चाया हुने वा नहुने गुण छ कि छैन थाहा पाउने,बाबा आमा कसैमा छ कि छैन ख्याल गर्ने,ज्वरो आएको बेला पनि बढ्न सक्छ, चिन्ता लिँदा पनि चायाँ धेरै पर्दछ । त्यसैले समय समयमा नुहाइरहने र हाइजेन मेन्टेन गर्ने ।

चाया धेरै भयो भनेर टोपी लगाइराख्दा त्यसले असर गर्छ कि गर्दैन ?
यसको अध्ययन भएको छैन, तर हामी भन्छौ टोपी लगाउला त्यसले गुम्स्याउँछ र झन् धेरै चाया पर्न सक्छ । त्यसैले टोपी र स्याम्पुको प्रयोग कम गर्ने । भर्खर जन्मेको बच्चामा चायाँ पर्यो भने तोरीको तेलको प्रयोग नगर्ने, सबैले तोरीको तेलको प्रयोग नगर्ने ।

तेलको सट्टामा के प्रयोग गर्ने त ?
समयमा ख्याल गर्यो भने चाया छोटो समयमा नै निको भएर जान्छ ।

सबैमा के सन्देश दिन चाहनु हुन्छ ?
चाया भनेको एउटा इष्ट भन्ने फंगल्सको कारणले हुन्छ । धेरै चिन्ता लिँदा, निन्द्रा नपुग्दा पनि चाया आउँछ । त्यसैले जिंकहरु भएको स्याम्पुको प्रयोग गर्ने त्यति गर्दा पनि भएन भने डाक्टरको परामर्श लिएर औषधि खानु होला भन्न चाहन्छु ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ७ : ५३ बजे

एनबीए फाइनलमा ट्रम्पविरुद्ध दर्शकको चर्को हुटिङ र नाराबाजी 

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीए फाइनलको खेल हेर्न पुगेका

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव

महेन्द्रनगर– सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको अभाव

नतिजा देखिने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका

गृहमन्त्रीमा फर्किँदै सुधन गुरूङ, दिउँसो ३ बजे शपथ

काठमाडौं– गत वैशाख ९ गते राजीनामा दिएका सुधन गुरूङ गृहमन्त्रीमा

पूर्वाधार मन्त्रालयको बजेट वितरणमा विगतकै जस्तो असमानता, केही जिल्लामा अति धेरै, केहीमा अति न्यून

काठमाडौं– भौतिक विकास मन्त्रालयको बजेट वितरणमा निकै असमानता देखिएको छ