जर्मनी कतार विश्वकपको समूह चरणबाटै बाहिरियो « Khabarhub

जर्मनी कतार विश्वकपको समूह चरणबाटै बाहिरियो


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै जर्मनी कतार विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ।

बिहीबार रातिको खेल जिते पनि जर्मनी समूह ईको अंक तालिकामा तेस्रो स्थानमा भएकाले समूह चरणबाटै बाहिरिएको हो। जर्मनीले ३ खेलमा ४ अंक मात्र जोड्न सकेको हो।

गएराति भएको रोचक खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिएका थिए। पहिलो हाफमा १ शून्यले अगाडि रहेको जर्मनीले थप तीन गोल दोस्रो हाफमा गरेको हो। खेलको ५८ औं मिनेटमा येल्त्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई १–१ को बराबरीमा फर्काएका थिए।

७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाएका थिए। खेललको ७३ औं मिनेटमा काइ हार्भट्जले जर्मनीलाई २–२ को बराबरीमा फर्काए।

खेलको ८५ औं मिनेटमा हार्भट्जले दोस्रो गोल गर्दै जर्मनीलाई ३–२ को अग्रता दिलाए। खेल एक मिनेट बाँकी हुँदा जर्मनीका लागि निकलस फुल्करुगले थप एक गोल गरे।

यो समूहमा स्पेन ४ अंक जोडे पनि गोल अन्तरमा अघि रहदै उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको छ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ५ : ०८ बजे

शिक्षामन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय