नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत « Khabarhub

नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री छन् । जिपको ब्रेक फेल भएर भित्तामा ठोक्किएर सडकबाट करिब तीन सय मिटर तल खसेको जिपका सहचालक देवबहादुर नेपालीले बताए।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ७ : ०९ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व