मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई « Khabarhub

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा २५ वर्ष पूरा गरेको अवसरमा बधाई दिएका छन् ।

लामिछानेले बुधबार सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उनको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको बताएका छन् ।

‘दूरदर्शी नेतृत्वमा भारतको रूपान्तरणकारी यात्रा र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको’ लामिछानेले उल्लेख गरेका छन् ।

उनले नेपाल र भारतबीच साझा इतिहास, गहिरो सांस्कृतिक सम्बन्ध तथा जनता–जनताबीचको निकट सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीच दीर्घकालीन सम्बन्ध रहेको बताएका छन् ।

लामिछानेले रास्वपा र आफ्नो तर्फबाट नेपाल–भारत सम्बन्धलाई थप सुदृढ, समृद्ध र दुवै देशका लागि लाभदायक बनाउन सहकार्य गर्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ५ : ५७ बजे

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम– सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न