काठमाडौँको शैक्षिक गुणस्तर वृद्धि गर्न तीन साझेदारसँग सहमति पत्रमा हस्ताक्षर « Khabarhub

काठमाडौँको शैक्षिक गुणस्तर वृद्धि गर्न तीन साझेदारसँग सहमति पत्रमा हस्ताक्षर


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन विभिन्न तीनवटा संस्थासँग सहकार्य सम्झौता गरेको छ।

उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको रोहवरमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान, कारखाना समूह र वन्यजन्तु संरक्षण संघ नेपालसँग सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

दोस्रो पक्षका तर्फबाट केन्द्रीय गृह विज्ञानका प्रमुख प्राडा जयालक्ष्मी प्रधान, कारखानाका निर्देशक सचेत मानन्धर र वन्यजन्तु संघ नेपालका निर्देशक सञ्जीवनी योञ्जन रहेका छन्। उपमेयर डंगोलले, व्यवहारिक र प्रयोगात्मक शिक्षामार्फत शैक्षिक गुणस्तरमा रुपान्तरण गर्न चाहेको बताइन्।

कोसँग के का लागि सहकार्य ?
१. त्रिभुवन विश्वविद्यालय, केन्द्रीय गृह विज्ञान
पूर्व प्राथमिक तहमा बालमनोविज्ञान अनुरुप दण्डरहित शिक्षण सहजीकरणका लागि केन्द्रीय विभागले सहजकर्ताहरु पठाउनेछ। विभागको स्नातकोत्तर तहमा बाल विकास र लैङ्गिक सामाजिकता विषयमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्न सहजकर्ताका रुपमा पठाइनेछ। विभागले पठाउने ४० जना विद्यार्थी महानगरको शिक्षा विभागले खटाउने विदालयमा गएर बालमैत्री शिक्षण सिकाई, शैक्षिक सामग्री निर्माण, विद्यार्थीमैत्री पोशाक, अभिभावक शिक्षा, विषयगत दृष्टिकोण ९थिमेटीक अप्रोचका क्षेत्रमा सहजीकरण गर्नेछन्।

२. हरित विद्यालय निर्माणका लागि वन्यजन्तु संरक्षण संघसँगको सहकार्य
विद्यालयहरुलाई हरित विद्यालयका रुपमा रुपान्तरण गर्न तथा विद्यार्थीहरुमा वातावरणीय ज्ञान दिन विद्यालयहरुमा इको क्लव निर्माण तथा सञ्चालनमा संघले सहजीकरण गर्नेछ। हरित विद्यालयका लागि वातावरण शिक्षा, विपद जोखिम व्यवस्थापन, पानी व्यवस्थापन तथा सरसफाइ, जलवायु परिवर्तन न्यूनीकरण, दिगो विकास, पोषण तथा भू संरक्षणलगायत कार्यक्रम सञ्चालन हुनेछन्। यसका लागि आर्थिक तथा प्राविधिक स्रोत जुटाउन कार्ययोजना तयार पारिनेछ। यी क्षेत्रमा क्षमता विकास गर्न तालिम, कार्यशाला, गोष्ठीलगायत कार्यक्रम सञ्चालन हुनेछन्।

३. खेल्दै सिक्दै गर्ने शिक्षण विधिका लागि कारखानासँग सहकार्य 
शिक्षा विभागले उपलब्ध गराएका ५ वटा विद्यालयमध्ये एउटालाई हब विद्यालय मानेर इन्जिनियरिङ विधामा आधारित खेलमैत्री शिक्षण सिकाइ थालनी गरिनेछ। छनौटमा भएका विद्यालयहरुलाई रोवोटिक्स किट उपलब्ध गराइनेछ। शिक्षकहरुलाई रोवोटिक्सका विविध विषयमा जानकारी गराउन तथा ज्ञान आदान प्रदान गर्न डिजिटल प्लेटफर्म निर्माण गरिनेछ। यसमा गणित, इन्जिनियरिङ र टेक्नोलोजीका विषय अध्ययन हुनेछन्।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : २९ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल