खोटाङको हलेसीमा सौर्यबत्ती जडान « Khabarhub

खोटाङको हलेसीमा सौर्यबत्ती जडान


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

खोटाङ – प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश नं १ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु १० लाख लागतमा मन्दिर परिसरको २६ ठाउँमा सौर्यबत्ती जडान गरिएको हो ।

बत्ती नहुँदा भक्तजनलाई असहज भइरहेको अवस्थालाई ध्यानमा राखेर सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । महेन्द्रोद्धय माविको छानामा १२ थान सोलार प्यानल राखेर सौर्यबत्तीको व्यवस्था गरिएको छ ।

सौर्यबत्ती जडानपछि मर्मतसम्भार र सुरक्षाको जिम्मा नगरपालिकाले गर्नुपर्ने छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत नै प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु एक करोडमा एक सय २६ सौर्यबत्ती जडान गर्ने तयारी भइरहेको गिरीले बताए । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा भक्तजनको सहजताका लागि उज्यालो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले रु सात लाखमा ११ ठाउँमा सिसीक्यामेरासमेत जडान गरेको छ ।

हलेसीमा रामनवमीको अवसरमा १५ दिन, शिवरात्रिमा पाँच दिन, बालाचतुर्दशी तथा हरितालिका तीजमा तीन–तीन दिन तथा बोलबमको अवसरमा साउन महिनाको हरेक सोमबार ठूलो मेला लाग्छ । हलेसीको समग्र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १० : ३४ बजे

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आएकी छन्।  उनी काठमाडौँको

शीतलहरको सकस : शारीरिक र मानसिक स्वास्थ्यमा समस्या

काठमाडौं- चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहर बढ्दै जाँदा मानिसको

परदेशको लाखमा लोभिँदा छुट्यो आमाको काख 

अग्लाअग्ला महलहरू सहरको त्यो गुञ्जायमान आवाज मानिसहरूको चहलपहल हेर्दा त

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले