संसदमा राष्ट्रिय दलको मान्यता पाउँदा के पाइन्छ सुविधा ? | Khabarhub Khabarhub

संसदमा राष्ट्रिय दलको मान्यता पाउँदा के पाइन्छ सुविधा ?


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला प्रतिनिधिसभामा कुन दलले राष्ट्रिय दलको मान्यता पाए पाएनन् भन्ने चासो बढेको छ ।

विशेषगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त गर्न प्रयासरत रहँदा हालै गठन भएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको छ ।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ कुल सदर मतको ३ प्रतिशत ‘थ्रेसहोल्ड’ पार गर्नुपर्ने हुन्छ ।

जसअनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी राष्ट्रिय दलको मान्यता पाउने पक्का भइसकेको छ भने एकीकृत समाजवादी प्रयासरत छ ।

राष्ट्रिय दल बन्न के पाइन्छ सुविधा ?

संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय दलको मान्यता पाउन पार्टीले संसदमा संसदीय दलको कार्यालयसहित सांसदको संख्याअनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् । राष्ट्रिय दलको मान्यता पाउने पार्टीको प्रमुख सचेतकले सचिवालय र कर्मचारीसहित गाडीको सुविधा पाउँछन् ।

यसैगरी राष्ट्रिय दलको मान्यता प्राप्त पार्टी आफ्नो चुनाव चिह्न कायम राख्ने सुविधा पाउँछन् भने राष्ट्रिय दलको मान्यता पाउँदा प्राप्त मतअनुसार मतपत्रमा चुनाव चिह्न पनि सबैभन्दा अगाडिबाट क्रमशः राखिने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ३ : १० बजे

देशभर ७८ प्रतिशत बढी भूभागमा रोपाइँ

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष आइतबारसम्म देशभर

मालिका गाउँका चार सय घरमा खानेपानीको सुविधा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ का चार सय घरमा खानेपानी सुविधा

गाजामा युद्ध रोक्ने घोषणा गरेको इजरायलतको आक्रमण निरन्तर

काठमाडौं – इजरायली सेनाले खाद्यान्न लिनका लागि दैनिक १० घण्टा

दीपेन्द्रले सुरु गरे रामेश्वर थापाको बायोपिक ‘क्याप्टेन साब’को छायाङ्कन

काठमाडौं – निर्देशक दीपेन्द्र के खनालले बायोपिक ‘क्याप्टेन साब’को छायाङ्कन

बाँस प्रवर्द्धनमा जुटेका नगर प्रमुख भट्टराई सत्याग्रहमा

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले