विवेकशील साझालाई २०७४ मा दुई लाख, यसपटक ७८९ मत मात्र « Khabarhub

समानुपातिक मतपरिणाम

विवेकशील साझालाई २०७४ मा दुई लाख, यसपटक ७८९ मत मात्र


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विवेकशील साझा पार्टीले आम निर्वाचन २०७९ मा समानुपातिकतर्फ जम्मा ७८९ मत पाएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार उक्त पार्टीले समानुपातिकमा एक हजार मतसमेत कटाउन सकेको देखिँदैन । २०७४ को निर्वाचनमा समानुपातिकतर्फ दुई लाख १२ हजार ३६४ मत ल्याएको सो पार्टीले यसपटक भने कुल ७८९ मत प्राप्त गरेको हो ।

केही महिनाअघि मात्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सिट जितेर समानुपातिकतर्फ ११ लाख १९ हजार ९९६ मत ल्याउँदा विवेकशील साझाले प्रत्यक्षतर्फ समेत खाता खोल्न सकेन ।

कुनै बेला वैकल्पिक राजनीतिको प्रवर्द्धन गर्ने भन्दै सक्रिय रहेको पार्टी यसपटकदेखि पतनको बाटोतर्फ उन्मुख देखिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ३ : २६ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान