किवी बिक्री नहुँदा किसान चिन्तामा « Khabarhub

किवी बिक्री नहुँदा किसान चिन्तामा


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुर रौतामाई गाउँपालिका बोलुङखा चिसापानीमा उत्पादन भएको किवीले बजारमा उचित मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । सात वर्षअघि व्यावसायिकरूपमा किवी खेती सुरु गरिएको र राम्रो उत्पादन हुँदा पनि बजार नपाउँदा किसान चिन्तित बनेका हुन् ।

अहिले रौताको बोलुङखा, चिसापानी र नामन्त क्षेत्रका किसानले एक सय केजीदेखि पाँच सय केजीसम्म किवी उत्पादन गरिरहेका छन् । जिल्लाभित्र किवी बिक्रीमा समस्या हुँदा बजार खोज्न धरान, इटहरी, इनरुवा दुहवी तथा विराटनगरसम्म पुग्नुपर्ने अवस्था आएको जिल्लाका किवी किसानको भनाइ छ ।

चिसापानीमा क्षेत्रमा झन्डै १० घरका किसानले व्यावसायिकरूपमा किवी खेती गर्दै आएको रौता बोलुङ्खाका कृषक हर्क राईले बताए । बोलुङ्खाकै अर्का किसान भूपराज राईले पनि आफूहरूले उत्पादन गरेको किवीले बजार नपाएको गुनासो गरे ।

छ वर्षअघि जिल्ला कृषि विकास कार्यालयबाट किवीको बिरुवा लगेर सुरु भएको किवी खेतीले अहिले राम्रो फल दिन सुरु गरिसकेको उनको भनाइ छ । “उत्पादन त भयो तर बजार पाउन सकेको छैन” उनले भने, “यसको महत्त्व नबुझेर पनि बिक्री नभएको हुनसक्छ ।”

अहिले बोलुङ्खा क्षेत्रमा झन्डै आठ घर कृषकले पहिलो पटक किवी उत्पादन सुरु गरेको पनि राईको भनाइ छ । रौताकै चिसापानीका पाँच घर परिवार पनि किवी खेतीमै आबद्ध छन् । स्थानीय कृषक डोरनाथ बुढाथोकी गाउँमा अरूले किवी खेती सुरु गरेको देखेर आफूले पनि सुरु गरेको तर अहिले बजार नपाएको गुनासो गर्छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ४ : ३१ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु