सोमबारको घटनाप्रति अमेरिकासहित ७ देशको ध्यानाकर्षण, अभिव्यक्ति स्वतन्त्रताको समर्थन « Khabarhub

सोमबारको घटनाप्रति अमेरिकासहित ७ देशको ध्यानाकर्षण, अभिव्यक्ति स्वतन्त्रताको समर्थन


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार काठमाडौं लगायत देशका विभिन्न भागमा भएको प्रदर्शनमाथि प्रहरीले गरेको दमनप्रति विभिन्न सातवटा देशका दूताबासले आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् ।

अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स र दक्षिण कोरियाका नेपालस्थित दूताबासले सोमबार साँझ संयुक्त वक्तव्य जारी गर्दै घटनाप्रति चिन्ता प्रकट गरेका हुन् ।

‘हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं’ दूताबासहरुको संयुक्त वक्तव्यमा भनिएको छ, ‘यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको र कैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं । पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं । साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

संयुक्त वक्तव्यमा सात वटा देशले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन रहेको दोहोर्‍याएका छन् ।

वक्तव्यमा अगाडि भनिएको छ, ‘हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं ।’

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ६ : २८ बजे

हुरीले टीकापुरमा केराखेती नष्ट

टीकापुर– बुधबार हुरीसँगैको मूसलधारे वर्षाले कैलालीमा दुई बिघामा गरिएको  केराखेती

दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण

दमौली– यहाँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्ने

१५औँ महाधिवेशनका लागि साझा संयन्त्र गठन गर्नुपर्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि

बालेननिकट नेता विजय भएपछि सरिनले छोडिन् रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश अधिवेशनमा पराजित भएपछि गोमा