जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु « Khabarhub

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ। जुम्ला प्रहरीका अनुसार बेहोस अवस्थामा भेटिएका ती युवकको उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित जुम्ला विमान स्थलको पश्चिमतर्फको तार जालीभित्र कैलालीको टिकापुर नगरपालिका ७ शतिगाउँका अन्दाजी २८÷२९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएको प्रहरी निरीक्षक धर्मराज जोसीले बताए ।

उनका अनुसार बेहोस अवस्थामा फेला परेका जैसीको उपचारको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा गलिएको थियो । प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारमा क्रममा मृत घोषणा गरेका प्रहरीले जनाएको छ । उक्त स्थानमा थप अनुसन्धानको प्रहरीको टोली खटिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ४ : २९ बजे

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार