‘निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो’ « Khabarhub

‘निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो’


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन् ।

निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायमा जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षा पूरा भएको बताएका हुन् ।

“हामीले नेपालमा २०४८ सालदेखिको निर्वाचन देख्दै आएका छौँ । पछिल्लो पटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो”, आयोगले राखेका अपेक्षाको विश्लेषण गर्दै उनले भने, “यस कारण हामीले निर्वाचनमा यस पटक कुनै पनि पद पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित गर्‍यौँ ।”

उनले विभिन्न कारणले निर्वाचनलाई दूषित पार्ने मनसाय बोकेका व्यक्तिले मिथ्या सूचना, दुष्प्रचार र द्ववेशपूर्ण अभिव्यक्तिको माध्यमबाट निर्वाचनलाई अप्ठ्यारो पार्ने कार्यलाई नजिकबाट नियमन गर्न यस पटक सफल भइरहेको पनि बताए।

उनले अब भौतिक रूपमा वा सडकबाट मात्रै नभई सामाजिक सञ्जालमार्फत पनि निर्वाचन प्रभावित गर्न नपाइने मान्यता स्थापित भएको बताए । निर्वाचनमा पराजितले विजेतालाई सहर्ष आत्मैदेखि बधाई दिन सक्ने वातावरण बनाउनुपर्छ भन्ने मान्यता पनि यस पटकदेखि स्थापित भएको उनको भनाइ छ ।

उनले निर्वाचन अधिकृतहरूले उत्कृष्ट ढङ्गले काम गरेको भन्दै धन्यवाद दिँदै काम गर्दा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन आग्रह गरे ।

उनले आयोग वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएको बताउँदै भने, “हामी वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट छैनौँ । हामी अब छिट्टै कानुन संशोधनको प्रक्रिया अघि बढाइनेछ ।” उनले नयाँ संसद्को नयाँ अधिवेशनमा कानुन संशोधनले प्रवेश पाउने बताए।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ५ : ०३ बजे

लैनचौरमा मनाइयो शहीद दिवस (तस्बिरहरू)

काठमाडौं– देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा स्वरूप

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

एजेन्सी – भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने

लोकतान्त्रिक अधिकारको बीउ शहीद नै रोपेका हुन् : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको

नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका