माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार : एकीकृत समाजवादी « Khabarhub

माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार : एकीकृत समाजवादी


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ ।

केही दिनदेखि एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भनी विभिन्न सञ्चार माध्यमबाट फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुन लागेको प्रचारप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले यो हल्ला निराधार रहेको जिकिर गरे ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने आवश्यकता रहेकोमा एकीकृत समाजवादी प्रष्ट रहेको भएपनि अहिले त्यस सम्बन्धमा कुनै छलफल, वार्ता वा संवाद नभएको महासचिव भुसालले बताए ।

भ्रममा नपर्ने आग्रह गर्दै उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनदेखि विभिन्न संचार माध्यममा भइरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र स्पष्ट पार्न चाहन्छौँ कि यो प्रचार पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन । नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौँ । तर, अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केहि पनि भएको छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’

 

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ५ : १९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र