माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार : एकीकृत समाजवादी « Khabarhub

माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार : एकीकृत समाजवादी


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ ।

केही दिनदेखि एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भनी विभिन्न सञ्चार माध्यमबाट फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुन लागेको प्रचारप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले यो हल्ला निराधार रहेको जिकिर गरे ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने आवश्यकता रहेकोमा एकीकृत समाजवादी प्रष्ट रहेको भएपनि अहिले त्यस सम्बन्धमा कुनै छलफल, वार्ता वा संवाद नभएको महासचिव भुसालले बताए ।

भ्रममा नपर्ने आग्रह गर्दै उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनदेखि विभिन्न संचार माध्यममा भइरहेको नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र स्पष्ट पार्न चाहन्छौँ कि यो प्रचार पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन । नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौँ । तर, अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केहि पनि भएको छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’

 

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ५ : १९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।