वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ | Khabarhub Khabarhub

वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट नरहेको बताएका छन् । शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन् ।

“हामी वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौँ । अब छिट्टै नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्था गरिनुपर्छ भनी व्यापक तयारी गरिरहेका छौँ । सम्भवतः यो नयाँ संसदको नयाँ अधिवेशनमा नयाँ कानूनको मस्यौदा पेश हुनेछ” उनले भने ।

थपलियाले निर्वाचन अधिकृतहरूलाई काम गर्ने सिलसिलामा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन आग्रह गरे ।

यसपटकको आमनिर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताउँदै निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायका जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिए ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ५ : ४४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’