विकासप्रेमी नेता आलेलाई तनहुँले गुमायो : वरिष्ठ नेता पौडेल « Khabarhub

विकासप्रेमी नेता आलेलाई तनहुँले गुमायो : वरिष्ठ नेता पौडेल


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासप्रेमी नेता झुलबहादुर आलेलाई तनहुँले गुमाएको बताएका छन् । संविधानसभा सदस्य स्व. आलेको परिवारलाई आज भेटी समवेदना व्यक्त गर्दै उनले आलेको निधनबाट जिल्लाको एक विकासप्रेमी नेता गुमाएको बताए ।

तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित आले निवासमा आज आयोजित श्रद्धाञ्जलीसभामा पौडेलले जिल्लाको दक्षिणी भेगको खम्बा ढलेको भन्दै दुःख व्यक्त गरे । निष्ठाको राजनीति गर्ने आलेले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिँदै पौडेलले भने, “उहाँ एक विकासप्रेमी नेता हुनुहुन्थ्यो, उहाँको अभाव नेपाली कांग्रेस र यस भेगका जनतालाई सधैँ भइरहन्छ”, उनले भने ।

पौडेलले स्व आलेको अभावमा उनका अधुरा कामलाई अहिलेको पुस्ताले निरन्तरता दिनुपर्ने बताए । फोक्सोको समस्याबाट पीडित आलेको गत मङ्सिर ९ गते निधन भएको थियो । नेपाली कांग्रेस तनहुँका महासमिति सदस्य रहेका आले दोस्रो संविधानसभामा सदस्य रहेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ७ : ११ बजे

नागरिकको चाहनाअनुसारको काम गर्न दृढ छौँ : मुख्यमन्त्री जम्मकट्टेल

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी

गर्मी मौसममा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

विस्तारै–विस्तारै हामी जाडो मौसमलाई छोडेर गर्मी मौसममा प्रवेश गर्दैछौं। यो

मन्त्रालय टुंगाउन गठबन्धनको बैठक आज पनि बस्ने

काठमाडौँ – सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ।

एपिएफ क्लबलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

मोरङ- साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चैत १५ गते बुधबारका