बागमती प्रदेशमा मानवअधिकार उल्लङ्घनका ३३ उजुरी : मानवअधिकार आयोग | Khabarhub Khabarhub

बागमती प्रदेशमा मानवअधिकार उल्लङ्घनका ३३ उजुरी : मानवअधिकार आयोग


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाको गत आर्थिक वर्षमा मानवअधिकार उल्लङ्घनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

आयोगको बागमती प्रदेश कार्यालयका अनुसार प्रदेशका १३ जिल्लामध्ये नौ जिल्लामा गरी कूल ३३ मानवअधिकार उल्लङ्घनको विभिन्न किसिमका उजुरी परेको हो ।

कार्यालयका प्रमुख यज्ञ अधिकारीले प्रदेशको सबैभन्दा बढी काठमाडौँ र ललितपुर जिल्लामा मानवअधिकार उल्लङ्घनको उजुरी परेको बताए ।

दुवै जिल्लामा क्रमश आठ र सात मानवअधिकार उल्लङ्घनको उजुरी परेको छ । प्राप्त विवरणअनुसार चितवनमा चार, नुवाकोटमा चार, सिन्धुपाल्चोकमा तीन, काभ्रेमा दुई, धादिङमा दुई, दोलखामा दुई र रामेछापमा एक वटा उजुरी परेको बताइएको छ ।

प्रदेशको मकवानपुर, भक्तपुर, रसुवा र सिन्धुलीमा गत आर्थिक वर्षमा कुनै किसिमको मानवअधिकार उल्लङ्घनको उजुरी नपरेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ७ : ३२ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा