अमेरिकी रादूतसँग भेट गर्दा परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएको हो : बालेन « Khabarhub

अमेरिकी रादूतसँग भेट गर्दा परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएको हो : बालेन


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले अमेरिकी रादूतसँग भेट गर्दा परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएको प्रष्ट पारेका छन् ।

नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी राजदूत डिन आर थम्पसनसँग बालेनको भेटबारे चासो व्यक्त गरेपछि बालेनले यस्तो प्रष्टोक्ति दिएका हुन् । रावलले राजदूत थम्पसनसँग भेट्दा मेयर साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिए नलिएको विषयमा चासो व्यक्त गरेका थिए ।

यसबारे जवाफ दिँदै बालेनले फेसबुकमा लेखेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’

आफूहरुलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको उल्लेख गर्दै बालेनले उल्टै अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्ने प्रतिबद्धता जनाएर पठाएको जनाएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : २७ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको