अमेरिकी रादूतसँग भेट गर्दा परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएको हो : बालेन « Khabarhub

अमेरिकी रादूतसँग भेट गर्दा परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएको हो : बालेन


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले अमेरिकी रादूतसँग भेट गर्दा परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएको प्रष्ट पारेका छन् ।

नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी राजदूत डिन आर थम्पसनसँग बालेनको भेटबारे चासो व्यक्त गरेपछि बालेनले यस्तो प्रष्टोक्ति दिएका हुन् । रावलले राजदूत थम्पसनसँग भेट्दा मेयर साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिए नलिएको विषयमा चासो व्यक्त गरेका थिए ।

यसबारे जवाफ दिँदै बालेनले फेसबुकमा लेखेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’

आफूहरुलाई विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको उल्लेख गर्दै बालेनले उल्टै अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्ने प्रतिबद्धता जनाएर पठाएको जनाएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ८ : २७ बजे

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि