पदाधिकारी चयन गर्न माओवादीको केन्द्रीय समितिको बैठक बस्दै « Khabarhub

पदाधिकारी चयन गर्न माओवादीको केन्द्रीय समितिको बैठक बस्दै


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज (सोमबार) बस्दैछ ।

बैठक दिउँसो ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। आजको बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ।

आजको बैठक नयाँ केन्द्रीय समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । पदाधिकारीमा करिब सहमति भइसकेकाले १५ पदाधिकारी आजै चयन हुने नेताहरुले बताएका छन्।

आठौं महाधिवेशनको आठौं दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए। जसलाई हलले पास गरेको थियो ।

त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ६ : २९ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको