बार्सिलोनाको जित « Khabarhub

बार्सिलोनाको जित


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगामा रियल मड्रिडको ११ खेलसम्मको अपराजित यात्रा टुंगिदा क्याटलान क्लब बार्सिलोनाले भने जित हात पारेको छ ।

राति गेटाफेसँग १-० को अप्रत्याशित हारसङ्गै मड्रिडको अपराजित यात्रामा पूर्णबिराम लागेको हो ।

गेटाफेको जितमा एनेस युनलले नवौँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । यसअघि मड्रिड पछिल्लो पाँच अवे खेलमा अपराजित थियो ।

२० खेलबाट ४६ अंक जोडेको मड्रिड हारपछि पनि शीर्ष स्थानमा यथावत् छ । मड्रिडलाई पछ्याइरहेको सेभियाले १८ खेलबाट ३८ अंक जोडेको छ ।

तालिकामा १९ खेलबाट २३ अंक जोडेको गेटाफे १२औँ स्थानमा उक्लिएको छ ।

राति नै भएको अर्को खेलमा बार्सिलोनाले आरसीडी मालोर्कालाई १-० अन्तरले पराजित गर्‍यो । क्याटलान क्लब बार्सिलोनाको जितमा लुक डी जोङले ४४औँ मिनेटमा गरेको हेड गोल निर्णायक बन्यो ।

जितसँगै बार्सिलोना १९ खेलबाट ३१ अंकसहित पाँचौँ स्थानमा छ । पराजित मालोर्का भने समान खेलबाट १९ अंकसहित १५ औं स्थानमा छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ८ : २५ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण