जाडो मौसममा रुघाखोकीबाट बच्ने उपाय यस्ता छन् | Khabarhub Khabarhub

जाडो मौसममा रुघाखोकीबाट बच्ने उपाय यस्ता छन्


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रुघाखोकी लगाउने भाइरस जाडो महिनामा चाँडै एक ठाउँबाट अर्को ठाउँमा फैलिन सक्छ । चिसो तापक्रमले यसको लिपिङ कोटिङलाई झनै जटिल बनाइदिन्छ, जसले गर्दा यो बढी सक्रिय हुन्छ। तातो हावाको तुलनामा चिसो हावामा पानीको वाफ कम हुने गर्छ, जसले गर्दा यो सुख्खा हुने गर्छ । खोक्दा वा हाच्छिउँ गर्दा मुख र नाकबाट निस्कने कणहरू हावामा लामो समयसम्म रुघाखोकी लगाउने भाइरस रहिरहन सक्छ । फलतः एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै रुघाखोकी सर्न सक्छ ।

जाडोबाट बच्न धेरै मानिस, अभिकांश समय घरभित्रै बिताउँछन् । घरका झ्यालढोकाहरु पनि प्रायः बन्द नै हुन्छ । जसले गर्दा कोठा भित्र लामो समय बस्ने मानिसले पर्याप्त मात्रामा ताजा हावा भेट्न पाउँदैन भने घरभित्र पनि ताजा हावाको आवतजावत कम हुन्छ । फलतः हावामा रहेका कीटाणु बाहिरिने मौका कम पाउँछ र वरिपरि नै रहिरहेको हुन्छ । जसका कारण ती कीटाणुहरूले बिरामी पार्ने स्थिति बढ्न जान्छ।

जाडो मौसममा रुघाखोकी निको भएन, उपचार गरिएन र बिग्रियो भने त्यसले ब्रोङ्काइटिस, निमोनिया पनि हुन सक्छ । दम, सीओपीडी जस्ता समस्याले ग्रसित मानिसलाई रुघाखोकीले सजिलै सताउन सक्छ ।

कसरी बच्ने ?

सावधानी अपनाए रुघाखोकीको संक्रमण फैलिनबाट रोक्न सकिन्छ । यसका लागि चिसोबाट बच्न न्यानो कपडाहरु लगाउनुपर्छ । जाडो मौसममा अभाव हुने भिटामिन डी लगायतका भिटामिनहरूको सप्लिमेन्ट आवश्यकताअनुसार लिन सकिन्छ । खानेकुरामा पनि माछा, अण्डा, दूध र दूधजन्य परिकारहरू, भिटामिन सी प्रशस्त पाउने फलफूलहरू नियमित सेवन गर्नुपर्छ ।

शरीरमा जम्मा भएका विषाक्त पदार्थहरू निष्कासन गर्न प्रशस्त मनतातो पानी मात्र होइन प्रशस्त झोलजन्य पदार्थ पिउने गर्‍यो भने रोग प्रतिरोधी क्षमता सक्रिय अवस्थामा रहिरहन्छ र सजिलै रुघाखोकीले सताउन पाउँदैन ।

यस अलावा जाडो मौसममा कोठाभित्र हावाको राम्रो आवतजावत हुने प्रबन्ध मिलाउनुपर्छ । झ्याल ढोका ड्याम्मै थुनेर बस्नु हुँदैन ।

अनावश्यक रूपमा हातले मुख, नाक वा आँखा छुनु हुँदैन । जाडो मौसममा रुघाखोकीको भाइरस सजिलै सर्ने भएकोले भिडभाड भएका ठाउँमा जानु हुँदैन । जानैपर्ने अवस्थामा पनि मास्क लगाउने र कुनै बाहिरी बस्तु छोइसकेपछि हात घुने बानी बसाउनु पर्दछ ।

जाडो मौसममा प्रतिरक्षा प्रणाली बलियो राख्न प्रशस्त आराम र निन्द्रा पुर्‍याउनु पर्दछ । जूठो खाँदा पनि रुघाखोकी सर्छ।

खोक्दा, हाच्छिउँ गर्दा नाक मुख छोप्ने गर्नुपर्छ । नाक मुख छोप्दा पनि सफा रुमाल वा टिस्यूपेपरको प्रयोग गर्ने बानी गर्‍यो भने यो संक्रमण फैलिने सम्भावना न्यून भएर जान्छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ७ : ५७ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती