यसरी घरमै बनाउन सकिन्छ चम्किलो दाँत « Khabarhub

यसरी घरमै बनाउन सकिन्छ चम्किलो दाँत


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक व्यक्तिको सुन्दरतामा उसको दाँतको महत्त्वपूर्ण भूमिका हुन्छ । व्यक्तिलाई आकर्षक देखाउन दाँत महत्त्वपूर्ण मानिन्छ । त्यसैले सधैँ दाँतलाई चम्किलो र आकर्षक बनाउन आवश्यक छ । तर डेन्टल सेन्टरमा गएर दाँतलाई चम्किलो र आकर्षक बनाउनु भन्दा घरमै रहेका बस्तु तथा खानेकुराको प्रयोग गरेर पनि यसलाई सुन्दर बनाउन सकिन्छ ।

यस्ता छन् दाँत सुन्दर बनाउने घरेलु उपाय

– बेकिङ सोडा
एक चौथाइ चिया चम्चा बेकिङ सोडालाई पानीमा मिलाएर ब्रसको सहायताले दाँतमा रगड्दा केही समयमै दाँत सेतो देखिन थाल्छ ।

– स्ट्रबेरी
स्ट्रवेरीमा मेलिक एसिड नामक तत्व रहेको हुन्छ, जुन प्राकृतिक रूपमा दाँत चम्काउन सहयोगी हुन्छ । नियमित रूपमा स्ट्रबेरी खाँदा दाँत चम्किलो देखिन्छ ।

– नुन–पानी
नुनपानी प्राकृतिक एन्टिबायोटिक हो । यसले प्राकृतिक रूपमा दाँत सेतो बनाउन सकिन्छ भने गिजाको स्याहार पनि गर्छ । एक कप तातो पानीमा एक चिया चम्चा नुन हालेर यसले कुला गर्दा दाँत चम्किलो हुनुका साथै गिजा पनि स्वस्थ्य हुन्छ ।

– सेतो खानेकुरा
जति जति सेतो खानेकुरा खायो दाँत पनि त्यति नै सेतो हुँदै जान्छ । कुखुराको मासु, भात र माछा खाने गरे दाँत सेतो हुन्छ ।

– स्याउ
मेलिक एसिड अन्तर्निहित हुने भएकाले स्याउको सेवनले दाँतलाई सेतो बनाउन सकिन्छ ।

– पानी र दूध
कागती पानी पिउँदा दाँतलाई फाइदा पुग्छ । यस्तै दुमा हुने क्याल्सियमले पनि दाँत तथा गिजालाई बलियो र सफा बनाउन मद्दत गर्छ ।

– नरिवलको तेल
एक चम्चा नरिवलको तेल मुखमा हालेर सकेसम्म धेरै बेर कुला गर्दा दाँतमा रहेका ब्याक्टेरिया हटाएर दाँतलाई चिल्लो बनाएर यसमा रहेका दागहरु पनि सफा गर्छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ६ : २९ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा