फुटसल क्याम्पको लागि ३२ खेलाडी छनोट « Khabarhub

फुटसल क्याम्पको लागि ३२ खेलाडी छनोट


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटसल टिमका लागि ३२ खेलाडी प्रारम्भिक छनोटमा बोलाएको छ ।

सोमबार एन्फाले प्रशिक्षक गौरव बस्नेतमार्फत पोखरामा भएको राष्ट्रिय फुटसलबाट ३२ खेलाडीलाई सुरुवाती छनोटमा आमन्त्रण गरेको हो ।

एन्फाले पहिलो पटक गौरवलाई फुटसल टोलीको जिम्मेवारी दिएको हो । यसअघि उनले विष्णु गुरुङको एसिस्टेनको रुपमा काम गरेका थिए ।

नेपालले १-१५ अप्रिलसम्म कीर्गिस्तानमा हुने  एएफसी फुटसल एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको तालिका र खेल्ने टोली भने तय भएको छैन । नेपाली टोलीको क्याम्प शुक्रबारबाट हुनेछ ।

३२ खेलाडी

गोलरक्षकः अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सञ्जिव तामाङ, सुमितकुमार आले

फिक्सोः अरुज सिंह, विजय श्रेष्ठ, विकु तामाङ, सरोज तामाङ

पिभोटः अविनाश तामाङ, विक्रान्त नरसिंह राना, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ,

आलाः आदिल हमिद, अमित लामा, जेनिश प्रजापति, किरन चौधरी, कृजल खड्का, मनीकुमार लामा, मनोज गुरुङ, रञ्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्कन शेर्पा ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ३ : ११ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली