अध्यक्ष भएपछि प्रचण्डले भने : देशको आवश्यकताले फेरि अध्यक्ष भएँ (भिडियो) | Khabarhub Khabarhub

अध्यक्ष भएपछि प्रचण्डले भने : देशको आवश्यकताले फेरि अध्यक्ष भएँ (भिडियो)


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको अध्यक्षको जिम्मेवारी पुनः पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् ।

सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

प्रचण्ड तीन दशकदेखि अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् ।

नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहालले देश र जनताको आवश्यकता अनुसार आफू पुनः पार्टी अध्यक्षमा निर्वाचित भएको बताए।

अध्यक्षमा निर्वाचित भएपछि सोमबार सम्बोधन गर्दै उनले आफूलाई फेरि पनि सक्रिय नेतृत्वमा रहनुपर्दा भिन्न भूमिकामा जानुपर्ने बेला आएन र ? भन्ने सोचाइ आए पनि देशको समग्र परिस्थिति तथा पार्टी रुपान्तरणको आवश्यकतालाई मध्यनजर गर्दै पुनः नेतृत्वमा आएको बताएका हुन् । उनले आज आफूले पाएको अभिभाराले पुनः ठूलो सेवा गर्ने अवसर प्राप्त भएको बताए ।

माओवादी एउटा क्रान्तिकारी आन्दोलन र विचार भएको प्रचण्डको दाबी छ । माओवादीले इतिहासमा युगान्तकारी परिवर्तनको आधारशिला खडा गरेको बताएका थिए । उनले अब प्रचण्ड नहुँदैमा माओवादी नसकिने भए पनि देशलाई आफ्नो आवश्यकता रहेकाले पुन सक्रिय राजनीतिमा आउन चाहेको धारणा राखेका थिए ।

उनले आफूलाई पार्टी पंक्ति र नेपाली जनताले ठूलो जिम्मेवारी दिएको पनि बताए । ‘यो नेपाली कम्युनिस्ट आन्दोलनको विशेष परिस्थिति हो । म धेरै अघिदेखि नेतृत्वमा छु । धेरै घटनाहरुको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ,’ उनले भने ।

प्रचण्डले महाधिवेशन विचारमा आधारित भएर बहसमा केन्द्रित भएर सकिएको बताएका छन् । महाधिवेशनले जनताको अधिकार र देशको समृद्धिका बारेमा बहस गरेको उनको दाबी छ ।

 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ७ : ३१ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न