स्थानीय तहको सञ्चित कोषले व्यापार र आयातमा लगानी गर्न नपाइने « Khabarhub

स्थानीय तहको सञ्चित कोषले व्यापार र आयातमा लगानी गर्न नपाइने


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले स्थानीय तहको सञ्चिति कोषको निक्षेपमा कडाइ गरेको छ । बैंकको बैंकिङ विभागले सोमबार एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चिति कोषको निक्षेपबाट आयात र व्यापारिक प्रयोजनमा लगानी गर्न नपाउने व्यवस्था गरेको हो ।

विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले जारी गरेको परिपत्रअनुसार वाणिज्य बैंकले स्थानीय तहको कोषमा रहेको ८० प्रतिशत निक्षेपका रूपमा परिचालन गर्न पाउने र सो रकम व्यापार र आयातमा लगानी गर्न नपाउने व्यवस्था गरेको हो ।

केही दिनअगाडि अर्थमन्त्रालयले स्थानीय तहमा जाने रकमको ८० प्रतिशतसम्म वाणिज्य बैंकहरुले निक्षेपका रूपमा देखाउन पाउने व्यवस्था गरेको थियो । सो व्यवस्थाको कार्यान्वयनका लागि राष्ट्र बैंकले सर्तसहित निर्देशन जारी गरेको हो ।

क्रस होल्डिङ भएका संस्था गाभिनुपर्ने

यस्तै बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक निर्देशन जारी गर्दै मर्जरमा जाने लघुवित्त वित्तीय संस्थाले आगामी ९२०७९० को असार मसान्तभित्र कार्ययोजना पेस गर्न निर्देशन दिएको छ ।

लघुवित्त वित्तीय संस्थाको सङ्ख्या घटाउनका लागि राष्ट्र बैंकले कुनै बैंक तथा वित्तीय संस्थाहरुको दश प्रतिशतभन्दा बढी क्रस होल्डिङ भएका संस्थाहरुलाई एकापसमा मर्जर वा एक्विजिसन गराउन निर्देशन दिएको हो । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले संस्थापक शेयरधनी भएर स्थापना गरेका लघुवित्त वित्तीय संस्थाहरुको हकमा यस्तो व्यवस्था आकर्षित हुनेछ ।

बैंकले जारी गरेको निर्देशनमा भनिएको छ, ‘बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको दश प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरुबीच एकापसमा÷वा इजाजतपत्र प्राप्त एकभन्दा बढी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एकापसमा गाभ्न वा गाभिन, प्राप्तिमा जान २०७९ को असार मसान्तभित्र कार्ययोेजना पेस गर्नुपर्नेछ ।’

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ९ : ४० बजे

गगन र विश्वलाई योगेको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न