कान्तिपुरको ‘म’ मा नरेन अनुबन्धित « Khabarhub

कान्तिपुरको ‘म’ मा नरेन अनुबन्धित


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही समयअघि मात्र फिल्म ‘बुलाकी’को छायांकन पुरा गरेर आराम गरिरहेका अभिनेता नरेन खड्का नयाँ फिल्म ‘म’मा अनुबन्धित भएका छन् । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यो फिल्ममा नरेन प्रमुख भूमिकामा अनुबन्धित भएका हुन् । फिल्मका निर्देशक सुवर्ण थापा हुन् ।

सोमबारदेखि सुटिङ सुरु भएको फिल्ममा सविन श्रेष्ठ, निशा अधिकारी, सरोज खनाल, सरिता लामिछाने, रुबिना थापा, प्रमोद अग्रहरी, निराजन प्रधानलगायतको पनि अभिनय छ । एकेडेमीका सिइओ प्रकाश पुरीको लेखन रहेको फिल्ममा विमला गुरागाई निर्माता छिन् ।

नरेनले ‘हमेशा’, ‘परदेशी’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । उनले ‘म’को स्क्रिप्ट र टिम राम्रो लागेकाले अभिनय गरेको बताए ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ९ : ४८ बजे

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत