भिडियो र वेब सिरिजमा पुष्करको ‘जिल्ला मुरादाबाद’ « Khabarhub

भिडियो र वेब सिरिजमा पुष्करको ‘जिल्ला मुरादाबाद’


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक समय नेपाली फिल्ममा खलपात्रको भूमिकामा अभिनय गरेका अभिनेता पुष्कर भट्टले ‘जिल्ला मुरादाबाद’ नामक हिन्दी गीत र वेब सिरिजको निर्माण गरेका छन् ।

केही वर्षयता क्यानडालाई कर्मथलो बनाउँदै आएका पुष्करले गायक प्रिन्स आनन्दको स्वर र शब्द तथा द किंगले संगीत भरेको यो गीतको भिडियो निर्देशन गरेका हुन् । राजनीतिक दाउपेचको कथा उठाइएको भिडियोमा पुष्कर भिलेन भूमिकामा छन् । भिडियोमा सुखविंदर सिंह जसल, जगदीप बावा, परम हंस, गुलकरण सिंह र सलमान काजमीको पनि अभिनय छ ।

ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुने वेब सिरिजमा पुष्करकै निर्देशन छ भने प्रमुख भिलेनमा पनि उनी आफैं छन् । वेब सिरिज पाँच भागको छ । पुष्करका अनुसार क्यानडामै छायांकन गरिएको वेब सिरिजको सम्पादन काम गरेर अमेजनलाई पठाउने तयारी भइरहेको छ ।

वेब सिरिजमा ‘जिल्ला मुरादाबाद’ गीतका गायक प्रिन्स आनन्दले प्रमुख नायकको भूमिका निर्वाह गरेका छन् । सिरिजका निर्माता पनि उनै हुन् । पुष्करले ‘भागी भागी नजाउ’, ‘अग्नी ज्वाला’, ‘गंगाजल’, ‘बाटुली’, ‘दोस्ती’, ‘फैसला’, ‘हिम्मतवाली’लगायत सय बढी नेपाली फिल्ममा र दुई दर्जन भोजपुरी फिल्ममा अभिनय गरेका छन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ०८ बजे

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली