२४ घण्टामा विश्वभर थपिए २८ लाख कोरोना सङ्क्रमित « Khabarhub

२४ घण्टामा विश्वभर थपिए २८ लाख कोरोना सङ्क्रमित


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर थप २८ लाखमा कोरोना भाइरसको नयाँ सङ्क्रमण पुष्टि भएको छ। गत २४ घण्टामा यो खबर तयार पार्दासम्म २८ लाख ६० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका हुन्।

कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाए अनुसार योसँगै विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३८ करोड ४९ लाख नाघेको छ।

जसमध्ये ३० करोड ४८ लाख कोरोना मुक्त भएका छन्। गत २४ घण्टामा मात्रै १९ लाख ९५ हजार निको भएका छन्।

यस्तै २४ घण्टामा १० हजार बढीको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५७ लाख १६ हजारभन्दा धेरै छ।

विश्वभर अझै पनि ७ कारोड ४३ लाख सक्रिय सङ्क्रमित रहेकामा ९१ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

नेपालमा संक्रमण घट्दै
नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

११ हजार ५८२ नमुना परीक्षण गर्दा तीन हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले जानकारी दिइन्।

उनका अनुसार ६ हजार ४९९ पीसीआर परीक्षण गर्दा दुई हजार २०५ जनामा र पाँच हजार ८३ एन्टिजेन परीक्षण गर्दा एक हजार ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ जना रहेको छ। पछिल्लो २४ घण्टामा सात हजार ५५५ जनामा कोरोना संक्रमणमुक्त हुँदा १२ जना संक्रमितको मृत्यु भएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा आठ लाख १५ हजार ७९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ५ : ४१ बजे

सर्लाहीमा पूर्व मन्त्रीसहित १५४ जनाको जमानत जफत

सर्लाही– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी

देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कोइराला परिवारको ‘लालकिल्ला’ ढल्यो: मोरङका सबै क्षेत्रमा घण्टीको राज

काठमाडौं- मोरङ नेपाली कांग्रेसको बलियो आधार इलाका हो । कांग्रेसमा

समानुपातिकतर्फ ७९ लाख मतगणना, रास्वपालाई मात्रै ३८ लाख बढी मत, अन्य दलले कति पाए ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९ लाख

१६१ क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार निर्वाचित

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने