विश्व इतिहासमा आज : चन्द्रमामा अवतरणदेखि चिज कारखाना स्थापनासम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : चन्द्रमामा अवतरणदेखि चिज कारखाना स्थापनासम्म


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व इतिहासमा फेब्रुअरी ३ तारिख अर्थात् आजका दिन धेरै घटना भएका थिए। ती घटनाक्रममध्ये केही घटनाक्रम समेट्ने प्रयास गरेका छौँ।

  • सन् १८१० मा आजको दिन अमेरिकाको संविधान अफ्रिकी-अमेरिकी पुरुषहरूको मतदान अधिकारको रक्षा गर्न संशोधन गरिएको थियो। अमेरिकामा नागरिकको जात, रंगको आधारमा मतदान गर्ने भेदभावको अन्त्य गर्न संविधान संशोधन प्रस्ताव पारित गरिएको थियो।
  • सन् १९६६ मा आजको दिन चन्द्रमामा पहिलो पटक अन्तरिक्ष जहाज अवतरण गरेको थियो।
  •  सन् १९१९ मा आजको दिन लिग अफ नेशनको पहिलो बैठक बसेको थियो। यो बैठकको उद्देश्य अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्ति थियो। पहिला लिग अफ नेशन अर्थात् राष्ट्र संघको नाममा रहेको यो संस्था दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघमा रुपान्तरण गरिएको थियो।
  • सन् १९९४ मा आजको दिन तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले भियतनाममा लगाइएको १९ वर्ष लामो व्यापार प्रतिबन्ध हटाएका थिए। अमेरिकाले भियतनाम युद्धको समयमा उत्तर भियतनामी सेनाले साइगन कब्जा गरेदेखि व्यापारमा प्रतिबन्ध लगाएको थियो।
  • सन् १९५३ मा फ्रान्सेली समुन्द्रशास्त्री ज्याकुयिस क्सटिउले ‘द साइलेन्ट वल्र्ड’ नामक किताब प्रकाशित गरेका थिए। उनले किताबमा महासागरको अनुसन्धान गर्दाको यात्रा वर्णन गरेका थिए।
  • सन् १४६८ मा आजको दिन मुबेबल प्रेसका आविष्कारक जोहान गुटनबर्गको निधन भएको थियो। उनले बनाएको प्रेसले पहिलो पटक बाइबल प्रकाशन गरेको थियो।
  • सन् १८१५ मा विश्वको पहिलो व्यावसायिक चिज कारखाना स्विजरल्याण्डमा सञ्चालनमा आएको थियो।
  • सन् २०१० मा आजको दिन एनिमेटेड चलचित्र अभतार अमेरिकाको इतिहासमा सबैभन्दा धेरै कमाउने चलचित्र भएको थियो। सन् २००९ को डिसेम्बरमा अमेरिकामा रिलिज भएको अभतारले अमेरिका तथा क्यानडासँगै विश्वभर २ अर्ब डलरको व्यापार गरेको थियो।
  • सन् १९९६ फ्रेब्रुअरी ३ मा चीनको युनान प्रान्तको लिजियाङ क्षेत्रमा ७ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा करिब २३१ जनाको ज्यान गएको थियो भने १४ हजार घाइते भएका थिए।
  • सन् २०१८ मा आजैका दिन पाकिस्तानको स्वाट भ्यालीको सैन्य केन्द्रमा तालिबानले आत्मघाती बम आक्रमण गर्दा ११ सैन्य अधिकारीको मृत्यु भएको थियो।

 

 

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ५ : ५७ बजे

प्रभु बैंकका ग्राहकले बागलुङका दुई होटलमा विशेष छुट पाउने

काठमाडौं– प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई बागलुङमा रहेको न्यु होटल

सन्दीपलाई भिसा नदिएर अमेरिकाले नेपालमाथि अपमान  गर्‍याे : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई

मनिष झाको तर्क- पुराना दलले देशको अवस्था बिग्रिनुमा रास्वपालाई दोष दिएर पन्छिन खोजे 

काठमाडौं– सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष

डेङ्गीबाट बच्न सचेत रहन कामपाको आग्रह 

काठमाडौं– गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले

गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाब–किताब : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले उपप्रधानमन्त्री तथा