जुका–चुर्नाले सताए खानुहोस् यी ६ खानेकुरा « Khabarhub

जुका–चुर्नाले सताए खानुहोस् यी ६ खानेकुरा


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको शरीरभित्र विभिन्न परजीवीहरू हुन्छन् । शरीर भित्रका यी परजीवीले पोषण सोसेर खाइदिइन्छ । शरीरका लागि हानिकारक यी परजीवी मार्न केही प्राकृतिक खानेकुरा पाइन्छन् ।

– लसुन
ताजा लसुनमा एलिसिन पाइन्छ । यो प्राकृतिक रूपमै पाइने प्रभावशाली एन्टिबायोटिक्स हो । जसले २० किसिमका ब्याक्टेरिया, ६० किसिमका ढुसी र केही खतरनाक भाइरस मार्न सक्छ ।

– अदुवा
शरीरभित्र रहेका जुकालगायतका परजीवीलाई मार्न अदुवा पनि प्रभावकारी उपाय हो । यसले आन्द्राको संक्रमणबाट बचाउँछ साथै आमाशयमा एसिडको नियमित उत्पादनमा पनि सहयोग पुर्‍याउँछ ।

– बेसार
बेसारलाई आयुर्वेदिक औषधी मानिन्छ । बेसारले शरीरभित्र रहेका जुकाहरू लगायत अन्य विभिन्न परजीवीलाई मारेर शरीरबाट बाहिर निकाल्न मद्दत गर्दछ ।

– ल्वाङ
ल्वाङमा कार्योफिलिन पाइन्छ । रगतमा ल्वाङमा पाइने त्यो तत्त्व मिसिएपछि शरीरभित्र रहेका परजीवी, तिनका अण्डा र लार्भालाई मारिदिन्छ।

– फर्सीको बियाँ
फर्सीको बियाँमा क्युकुरविटासिन पाइन्छ । यसमा पनि प्रतिजैविक तत्वहरु पाइन्छ । त्यसले शरीरमा भएका परजीवी तथा तिनका लार्भा लाई पक्षघात गराएर निष्क्रिय बनाइदिन्छ ।

– मेवाका दाना
मेवाका दानाले शरीरभित्र टेपवर्म र अन्य विभिन्न किसिमका परजीवी एवं जुकालाई मारिदिन्छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ५ : ४३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्