जुका–चुर्नाले सताए खानुहोस् यी ६ खानेकुरा « Khabarhub

जुका–चुर्नाले सताए खानुहोस् यी ६ खानेकुरा


२० माघ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको शरीरभित्र विभिन्न परजीवीहरू हुन्छन् । शरीर भित्रका यी परजीवीले पोषण सोसेर खाइदिइन्छ । शरीरका लागि हानिकारक यी परजीवी मार्न केही प्राकृतिक खानेकुरा पाइन्छन् ।

– लसुन
ताजा लसुनमा एलिसिन पाइन्छ । यो प्राकृतिक रूपमै पाइने प्रभावशाली एन्टिबायोटिक्स हो । जसले २० किसिमका ब्याक्टेरिया, ६० किसिमका ढुसी र केही खतरनाक भाइरस मार्न सक्छ ।

– अदुवा
शरीरभित्र रहेका जुकालगायतका परजीवीलाई मार्न अदुवा पनि प्रभावकारी उपाय हो । यसले आन्द्राको संक्रमणबाट बचाउँछ साथै आमाशयमा एसिडको नियमित उत्पादनमा पनि सहयोग पुर्‍याउँछ ।

– बेसार
बेसारलाई आयुर्वेदिक औषधी मानिन्छ । बेसारले शरीरभित्र रहेका जुकाहरू लगायत अन्य विभिन्न परजीवीलाई मारेर शरीरबाट बाहिर निकाल्न मद्दत गर्दछ ।

– ल्वाङ
ल्वाङमा कार्योफिलिन पाइन्छ । रगतमा ल्वाङमा पाइने त्यो तत्त्व मिसिएपछि शरीरभित्र रहेका परजीवी, तिनका अण्डा र लार्भालाई मारिदिन्छ।

– फर्सीको बियाँ
फर्सीको बियाँमा क्युकुरविटासिन पाइन्छ । यसमा पनि प्रतिजैविक तत्वहरु पाइन्छ । त्यसले शरीरमा भएका परजीवी तथा तिनका लार्भा लाई पक्षघात गराएर निष्क्रिय बनाइदिन्छ ।

– मेवाका दाना
मेवाका दानाले शरीरभित्र टेपवर्म र अन्य विभिन्न किसिमका परजीवी एवं जुकालाई मारिदिन्छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ५ : ४३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको