बलिउड अभिनेता रमेश देवको निधन « Khabarhub

बलिउड अभिनेता रमेश देवको निधन


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिवुड अभिनेता रमेश देवको निधन भएको छ। अमिताभ बच्चन, राजेश खन्नासमेत केही कलाकारसँग स्क्रिन सेयर गरेका प्रसिद्ध मराठी अभिनेता रमेश देवको निधन भएको हो।

९३ वर्षको उमेरमा देवको गएराति मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। मुम्बईको धीरुभाइ अस्पतालमा उनको मृत्यु भएको हो। उनले चार दिन अघि मात्रै ९३ औं जन्मदिन मनाएका थिए।

केही मराठी र हिन्दी चलचित्रमा अभिनय गरेका रमेश देवको श्रीमती सीमा पनि अभिनेत्री हुन्। उनका छोराहरु अजिन्क्य र अभिनय पनि बलिवुडसँग जोडिएका छन्।

‘आरती’ बाट हिन्दी चलचित्रको यात्रा सुरु गरेका रमेश देवले सरस्वती चन्द्र, आनन्द, आपकी कसम, मेरे सपने, तीन बहुरानियाँ, पतीता जस्ता चलचित्रमा अभिनय गरेका थिए।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ६ : ५३ बजे

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै