तालिवानलाई हतियारसहित पार्कमा जान रोक « Khabarhub

तालिवानलाई हतियारसहित पार्कमा जान रोक


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा तालिवानले आफ्ना कार्यकर्ताहरुलाई हतियारसहित मनोरन्जन पार्कमा जान रोक लगाएको छ। जनतासामु सरकारको छाप सकरात्मक देखाउने पहल स्वरुप तालिवानले पछिल्लो कदम चालेको अनुमान गरिएको छ।

‘इस्लामिक इमिरेट्स मुजाहिद्दिनलाई हतियार, सैन्य पोसाक र गाडी चढेर मनोरन्ज पार्कमा जान अनुमति छैन्,’ तालिवानका मुख्य प्रवक्ता जाविहुल्लाह मुजाहिदले ट्विट गरेका छन्, ‘उनीहरुले मनोरन्जन पार्कका सबै नियमहरु पालना गर्नुपर्छ। ’

अमेरिकाको समर्थन पाएको पूर्वसरकारविरुद्ध दुई दशक लामो युद्ध गरेका तालिवानहरुले अगस्टमा सत्तापलट गरेपछि सहर र गाउँमा बन्दुक बोेकेर पुग्ने गरेका छन्।

सन् १९९६ देखि २०११ म अफगानिस्तानमा पहिलो पटक सत्ताको नेतृत्व गरेका तालिवान आफ्ना पाशविक गतिविधिका कारण कुख्यात छन्। तर, अगस्टमा सत्ता कब्जा गरेपछि उनीहरुले आमअफगानी र विश्व समुदायसामु उदारबादी देखिन खोजेका छन्।

तालिवानले सत्ता हातमा लिएपछि तालिवानका नेता र कार्यकर्ताको आकर्षण राजधानी काबुलस्थित क्वारघा रिजर्भको सबैभन्दा ठूलो मनोरन्जन पार्कमा देखिन्छ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ९ : ३४ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको