‘एण्डिङ थिङ्स’मा एन्थोनीसँग देखिँदै प्रियंका « Khabarhub

‘एण्डिङ थिङ्स’मा एन्थोनीसँग देखिँदै प्रियंका


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– हालैमात्र ‘द मेट्रिक्स रिसरेक्सन्स’मा अभिनय गरेकी बलिउड अभिनेत्री प्रियंका चोपडा चाँडै नै एक अर्को हलिउड फिल्ममा देखिने भएकी छन् । उनी केविन सुलिवनको एक्सन फिल्म ‘एण्डिङ थिङ्स’मा एन्थोनी मेकीका साथ अभिनय गर्न लागेकी हुन् ।

हलिउड अभिनेता एन्थोनीले ‘क्याप्टेन अमेरिकाः द विन्टर सोल्जर’, ‘एंट–मेन’, ‘क्याप्टेन अमेरिकाः सिविल वार’, ‘एवेञ्जर्सः इन्फिनिटी वार’ र ‘एवेञ्जर्सः एण्डगेम’सहित मार्भल्सका कैयौं फिल्ममा सेम विल्सन या फाल्कनको भूमिकामा अभिनय गरिसकेका छन् ।

फिल्म ‘एण्डिङ थिङ्स’ सन् १९९४ को एक्सन–कमेडी ‘ट्रु लाइज’मा आधारित छ । जसलाई जेम्स क्यामरुनले निर्देशन गरेका थिए । फिल्म ‘एण्डिङ थिङ्स’ एक यस्तो महिलाको बारेमा हुनेछ, जो आफ्नो जागिर र व्यक्तिगत सम्बन्धसँग संघर्ष गर्छिन् ।

प्रियंकाले हालैमात्र रुसो ब्रदर्शको अमेजन थ्रिलर सिरिज ‘सिटाडेल’को सुटिङ पुरा गरेकी छन् । अहिले उनको लाइन अपमा जिम स्ट्रोसद्वारा निर्देशित रोमान्टिक–कमेडी ‘टेक्स्ट फोर’ पनि छ । उनी दिवंगत धर्मगुरु ओशो रजनीशको पूर्व सहयोगी आमा आनन्द शीलाको जीवनमा अमेजककन स्टुडियोसँग मिलेर एक फिल्म निर्माण गर्दैछिन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  २ : ०९ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित