‘एण्डिङ थिङ्स’मा एन्थोनीसँग देखिँदै प्रियंका « Khabarhub

‘एण्डिङ थिङ्स’मा एन्थोनीसँग देखिँदै प्रियंका


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– हालैमात्र ‘द मेट्रिक्स रिसरेक्सन्स’मा अभिनय गरेकी बलिउड अभिनेत्री प्रियंका चोपडा चाँडै नै एक अर्को हलिउड फिल्ममा देखिने भएकी छन् । उनी केविन सुलिवनको एक्सन फिल्म ‘एण्डिङ थिङ्स’मा एन्थोनी मेकीका साथ अभिनय गर्न लागेकी हुन् ।

हलिउड अभिनेता एन्थोनीले ‘क्याप्टेन अमेरिकाः द विन्टर सोल्जर’, ‘एंट–मेन’, ‘क्याप्टेन अमेरिकाः सिविल वार’, ‘एवेञ्जर्सः इन्फिनिटी वार’ र ‘एवेञ्जर्सः एण्डगेम’सहित मार्भल्सका कैयौं फिल्ममा सेम विल्सन या फाल्कनको भूमिकामा अभिनय गरिसकेका छन् ।

फिल्म ‘एण्डिङ थिङ्स’ सन् १९९४ को एक्सन–कमेडी ‘ट्रु लाइज’मा आधारित छ । जसलाई जेम्स क्यामरुनले निर्देशन गरेका थिए । फिल्म ‘एण्डिङ थिङ्स’ एक यस्तो महिलाको बारेमा हुनेछ, जो आफ्नो जागिर र व्यक्तिगत सम्बन्धसँग संघर्ष गर्छिन् ।

प्रियंकाले हालैमात्र रुसो ब्रदर्शको अमेजन थ्रिलर सिरिज ‘सिटाडेल’को सुटिङ पुरा गरेकी छन् । अहिले उनको लाइन अपमा जिम स्ट्रोसद्वारा निर्देशित रोमान्टिक–कमेडी ‘टेक्स्ट फोर’ पनि छ । उनी दिवंगत धर्मगुरु ओशो रजनीशको पूर्व सहयोगी आमा आनन्द शीलाको जीवनमा अमेजककन स्टुडियोसँग मिलेर एक फिल्म निर्माण गर्दैछिन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  २ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै