महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ज्योति विकास बैंकको सहयोग « Khabarhub

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ज्योति विकास बैंकको सहयोग


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई सवारी दुर्घटना न्युनीकरण तथा जनचेतनाको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ।

बिहीबार आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका कोटेश्वर शाखाका शाखा प्रबन्धक किशन खड्काले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर राम कृष्ण देवकोटालाई विभिन्न ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेका थिए ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त​रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष​’मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ।

ज्योति विकास बैंकले हाल १०८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ८ : ०० बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर– भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासि दुई