समाचार

पत्रकार राईको निधन

By खबरहब

February 03, 2022

काठमाडौँ– नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य पत्रकार कमल राईको निधन भएको छ ।

प्रभाव दैनिकका सम्पादकसमेत रहेका राईको मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

राई लामो समयदेखि काठमाडौँमा बसेर पत्रकारिता गर्दै आएका थिए ।