ग्यारेजमा लागेको आगोले सवारी साधनमा क्षति « Khabarhub

ग्यारेजमा लागेको आगोले सवारी साधनमा क्षति


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका– ११ पुरानो तरकारी बजार नजिकै स्कारपियो र मोटरसाईलकमा आगलागी भई ध्वस्त भएका छन् ।

त्रियुगा नगरपालिका ११, गाईघाटका कालीदास राई (किसन) को ग्यारेजमा राखिएका स्करपियो र मोटरसाईकल बिहीबार बिहान अन्दाजी साढे १२ बजे आगलागी भई नष्ट भएका हुन् ।

आगलागीबाट प्रदेश १–०२–००२ च ४३८५ नम्बरको स्कारपियो र स ३ प २२८३ नम्बरको एभेन्जर मोटरसाईकल पूर्ण रुपमा जलेर नष्ट भएका छन् । साढे ३ तले घरको दक्षिणपटि ग्यारेजमा राखिएका दुवै साधनमा एकैचोटी आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

गाडीधनी राईले बिहान झण्डै १ बजे मस्त निन्द्रामा रहेका बेला चर्को आवाज सुनेपछि व्युँझिएर हेर्दा धुँवाको मुस्लो देखेको बताए । भुईमा झरेर हेर्दा ग्यारेजमा राखिएका दुवै साधनमा आगो बलिरहेको पाएपछि छिमेकी र प्रहरीलाई खवर गर्नुका साथै दमकल बोलाएर आगो नियन्त्रणमा लिएको जनाए । छिमेकी र प्रहरी घट्नास्थल आउँदासम्म दुवै साधन आगोले ध्वस्त भईसकेको उनले बताए । त्रियुगा नगरपालिकाबाट आएको दमकलले एक घण्टा लगाएर आगो नियन्त्रणमा लिए पनि दुवै साधन कामै नलाग्ने गरी ध्वस्त भएका छन् ।

आगोले टिनले छाएको ग्यारेजको छानोको बला र सरा पनि डढेर नष्ट भएका छन् भने छेउमै रहेको चिरान काठहरु समेत जलेका छन् । पीडित राईले आगजनीबाट ६० लाख हाराहारी क्षति भएको बताए । झण्डै एक वर्ष अघि किनेको ५५ लाखको स्कारपियो जीप र ४ वर्ष अघि किनेको साढे ३ लाखको एभेन्जर मोटरसाईकल, ग्यारेज र काठ जलेर क्षति पुगेको उनको भनाई छ ।

घरकै ग्यारेजमा पार्किङ गरि राखिएका साधनमा आगो लाग्नुको कारण थाहा नभएको बताए । घट्नाबारे अहिलेसम्म यकिन हुन नसकेकाले प्रहरीले अनुन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी सुभाषचन्द्र बोहराले आगो कुनै आपराधिक मानसिक्ताका व्यक्तिले लगाएर वा विद्युत सर्ट भएर हो भन्ने बारे अनुसन्धान भईरहेको बताए । घट्नामा संलग्न भएको आशंकामा एक युवकलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताएका छन् ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  १० : ३० बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि